चितवनः कारागार कार्यालय चितवनमा भाईरलको समस्या देखिएको छ । कारागारमा रहेका कैदी वन्दी मध्ये अहिले ३५ जनामा भाईरलको संक्रमण देखिएको कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेले जानकारी दिनु भयो ।
कारागारमा रहेका ७ सय ५९ जनामध्ये भाईरलका कारण ३५ जनामा ज्वरो आएको छ । उनीहरुलाई केहि दिन देखि ज्वरो आएको हो । मौषममा आएको परिवर्तनका कारण कार्यालयमा भएका कैदी वन्दीमा ज्वरो आएको हो । २ सय ८० जनाको क्षमता रहेको कारागारमा भाईरलको समस्या देखिए पछि उच्च सतर्कता अपनाईएको काफ्लेले जानकारी दिनु भयो । कैदी वन्दीमा भाईरलको संक्रमण वढ्न नदिनका लागि सरसफाई र खानपानमा विशेष सावधानि अपनाईएको छ ।
भाईरलको सक्रमण चाँडो वढ्न सक्ने देखिएकाले यसलाई नियन्त्रर्णमा लिनका लागि उपचारको प्रकृया सुरु गरिएको छ । कारागारमा आकाशको पानी जम्ने कारण मौषम परिवर्तनका समयमा भाईरल ज्वरोको समस्या देखिने गरेको हो ।
उपचारमा सहज हुने भएकाले अन्य कारागारवाट यहाँ कैदी वन्दी पठाउने गरिन्छ । कारागारमा क्यान्सरका सात जना, कुष्ठ रोगका एक जना, क्षयरोगका दुई जना, हेपटाईटीस विका एक जना, एच आई भि एड्स संक्रमित चार जना, उच्च रक्तचापका ४५ जना र मधुमेहका २० जना विरामी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !