
चितवनः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस अवको समयमा मिसन र भिजनका साथ अघि वढ्नु पर्ने वताउनु भएको छ । नेपाल विद्यार्थी संघ विरेन्द्र वहुमुखि क्याम्पस भरतपुरले आज यहाँ आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले अहिले जनतामा राजनितिमा वितृष्णा वढ्दै गएको वताउनु भयो ।
अहिले काँग्रेस भिजन सहितको मिसनमा रहेको उहाँले जानकारी दिनु भयो । उहाँले भन्नुभयो “भिजन सहितिको मिसन नभए देशको विकास हुन सक्दैन ।” मुलुकलाई सम्वृद्धि तर्फ लैजाने काम काँग्रेसको भएको उहाँको भनाई थियो ।
राजनितिमा मिसन र भिजन नहुँदा सम्मानीत क्षेत्रको रुपमा विकास हुन नसकेको उहाँको वुझाई थियो । उहाँले भन्नुभयो “राजनितिमा मिसन नहुँदा जनतामा वितृष्णा वढेर गयो । यस कारण राजनितिले ठिक दिशा लिन नसकेको छैन ।” ७० वर्षको संघर्ष पछि आएको परिवर्तन संस्थागत हुन नपाउँदै राजनितिमा फेरी अन्योलता छाएको उहाँको वुझाई थियो ।
अहिलेको समय नेपाली समाजलाई लोकतान्त्रीकरण गर्ने समय रहेको वताउँदै उहाँले पहिला लोकतान्त्रीक शक्ति काँग्रेस आँफै लोकतान्त्रीक वन्नु पर्ने वताउनु भयो ।
काँग्रेसले हिमाल पहाड तराई मधेश जोड्ने काम गरेको वताउँदै उहाँले कम्युनिष्टहरुले देश टुक्र्याउने काम मात्रै गरेको आरोप लगाउनु भयो । जातियताको आधारमा होस वा अन्य आधारमा जनतालाई दुख दिन मात्रै जानेका छन् उहाँले भन्नुभयो । अहिले कम्युनिष्ट साशनका कारण देशमा लुट मचिएको उहाँले वताउनु भयो ।
कम्युनिष्टहरुले समाजवादको नाममा जनतालाई दुःख दिने काम गरेको उहाँको भनाई छ । सरकारले समाजवाद उन्मुख देश भनेको प्रति लक्षित गर्दै उहाँले भन्नुभयो “खै कहाँ आयो समाजवाद । समाजवाद आएको छैन र आउन पनि सक्दैन । यो नवसामन्तिवाद हो ।”
फरक प्रसंगमा वोल्दै उहाँले नेपाल विद्यार्थी संघ गुटमा लाग्नु नहुने वताउनु भयो । नेविसंघ स्वचालित हुन आवश्यक रहेको वताउँदै उहाँले भन्नुभयो “नेतावाट संञ्चालीत होई देश र जनताका लागि आँफै संञ्चालीत हुन आवश्यक छ ।”
नेपाल विद्यार्थी संघ विरेन्द्र वहुमुखि क्याम्पसका ईकाई अध्यक्ष अनमोल अधिकारीको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य वद्रि पाण्डेले प्रशिक्षण दिनु भएको थियो ।