
चितवनः अनौपचारीक सेवा केन्द्र ईन्सकले सन २०१९ को ६ महिनामा जिल्लामा भएका मानव अधिकार उलंघनका घटनाहरु अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । यो ६ महिनामा ५३ वटा मानव अधिकार उल्लंघनका घटना भएको जनाएको छ । प्रतिवेदन सार्वजनिक गर्दै प्रतिनिधि दिपेन्द्र अधिकारीले अघिल्लो वर्षको सोहि समयमा भन्दा अहिले अहिले मानव अधिकार उलंघनका घटनाहरु वढ्दै गएको वताउनु भयो ।
अघिल्लो वर्ष ६ महिनामा ४५ घटना भएका थिए । यस वर्षको ६ महिनामा जिल्लामा सवैभन्दा धेरै जवरजस्ती करणीका घटनाहरु भएको सावर्नजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार ३४ वटा घटना जवरजस्ती करणीका घटना भएका छन् । जसमा वालिका देखि ७३ वर्षीय महिला सम्म रहेका छन् ।
जवरजस्ती करणीमा पर्नेमा वालीका वढि रहेका छन् । १७ जना वालिकाकालाई जवरजस्ती करणी भएको छ भने ४ जनामा यौन दुव्यवहार भएको छ । यस्तै ७ जना महिला माथि करणी भएको छ भने २ जना माथि करणीको प्रयास भएको ईन्सेकको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ । हाडनाता करणीका ४ वटा घटना भएको छ ।
जिल्लामा भएका अन्य मानवअधिकार उलंघनका घटनामा जातीय विभेद ३ वटा घरेलु हिंसाका ६, वालिका वेचविखनमा १ महिला वेचविखनमा १ र वहुविवाह मा ८ वटा निवेदन दर्ता भएको सो अवसरमा जानकारी दिईएको थियो । प्रतिवेदन सार्वजनिक गर्दै अधिकारीले समाजमा हुने गरेका घटनाहरु वाहिर आउनु र सो स्थान सम्म प्रहरी प्रशासनको ध्यान नपुग्नु मुख्य कारण रहेको जानकारी दिनु भयो ।
जिल्लामा पछिल्लो समय वालवालिको अधिकार हनन्का घटना वढ्दै गएको भन्दै ईन्सेकले चिन्ता व्यक्त समेत गरेको छ । यसलाई रोक्नका लागि सवै पक्ष सजग हुन आवश्यक रहेको सोअवसरमा जानकारी दिईएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले कानुनको पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा समस्या देखिएको वताउनु भयो ।
अहिले वनाईएका कानुनहरु देखाउनका लागि मात्रै नभई प्रयोगका लागि वनाईएको वताउनु भयो । वनेका कानुन कार्यान्वयनमा आए आएनन् सवैले महत्व दिन सकेमा यस्ता घटनाहरु न्यूनिकरण भएर जाने उहाँको विश्वास थियो ।
सो अवसरमा वोल्ने वक्ताहरु मानव अधिकारका विषयमा भएका घटनाहरुलाई दण्ड सजाय वढाउन आवश्यक रहेको वताएका थिए । कार्यक्रममा अधिवक्ताहरु कल्पना उप्रेति, मुकुन्द दाहाल, नेपाल पत्रकार महासंघ चितवका अध्यक्ष राधेश्यम खतिवडा, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईराला, विजय विश्वकर्मा लगाएतले वोल्नु भएको थियो ।