चितवनः नोपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले सरकारको विकल्पको खोजि गरिरहेको वताउनु भएको छ । सरकारले देशलाई संम्वृद्धि र सुशासनको वाटोमा लान नसकेको वताउँदै उहाँले अव जनताले सरकाको विकल्प खोजेको वताउनु भएको हो ।
नेपाल प्रेस युनियन चितवनले आज(शुक्रबार) यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उहाँले काँग्रेसला जनताको विकल्पको रुपमा अघि वढाउने समय आएको वताउनु भयो । सरकारले आफ्ना पक्षधरलाई मात्र पक्षपोषण गरेर विपक्षीलाई वेवास्था गरेको आरोप लगाउनु भयो । देशलाई सुशासन र सम्वृद्धिको वाटोमा सरकारले हिडाउन नसकेको आरोप लगाउँदै उहाँले असफलता तर्फ गएको वताउनु भयो ।
यसका लागि काँग्रेसमा पार्टीलाई एक जुट वनाउन सक्ने नेतृत्व खोज्नु पर्ने समय आएको उहाँको भनाई थियो । उहाँले त्यस्तो सहमति भएमा आँफुले नेतृत्वको दावि नगर्ने वताउनु भयो । उहाँले भन्नुभयो “जनताले कम्युनिष्ट सरकारको विकल्प खोजिरहेका छन् । त्यसको विकल्पको रुपमा काँग्रेसलाई अघि सार्नु पर्छ ।” उहाँले थप्नुभयो “त्यसका लागि व्याक्ति भन्दा पनि सवैले सहमतिवाट नेतृत्व चयन गर्नु पर्छ ।”
पार्टी भित्र सुधार र परिवर्तन आवश्यक रहेको वताउदै उहाँले समयमानै महाधिवेशन गर्नु पर्नेमा जोड दिनु भयो । पौडेलले भन्नुभयो “म नहुँदा पनि एकता हुन सक्छ । जसमा एकता हुन्छ छलफलवाट त्यसैलाई नेतृत्वदिनु पर्छ ।” पार्टीमा सुधार र परिवर्तनको आवश्यकता रहेको भन्दै पौडेलले त्यसका पक्षधरहरु संग छलफल भईरहेको जानकारी दिनु भयो ।
पार्टीले प्रतिपक्षको शशक्त भूमिका निर्वाह गनुपर्ने भन्दै उहाँले यस विषयमा पार्टी भित्र छलफल भईरहेको वताउनु भयो । काँग्रेसलाई वलियो वनाउन तलैवाट संगठन मजवुत वनाएर लैजानु पर्ने पौडेलको भनाई थियो ।
जनताको अगाडी भरोसाको रुपमा काँग्रेसलाई अगाडी वढाउनु पर्ने भन्दै उहाँले गणितले केहि पनि गर्दैन भन्नुभयो । पौडेलले भन्नुभयो “नेपाली काँग्रेसको जनाधार र भूमिका महत्वपूर्ण भएकाले अंक गणितले असर पार्दैन ।”

प्रतिक्रिया दिनुहोस !