चितवनः के तपाईले वनवाट ल्याएको च्याउ प्रयोग गर्दै हुनुहुन्छ । सावधान रहनु होस् । त्यस च्याउमा मानिसको ज्यानै जान सक्ने विष पनि हुन सक्छ । मानव शरिरका लागि च्याउ अति उत्तम पोष्टिक आहार हो । तर त्यही नचिनि खाँदा विषको रुपमा परिणत हुने गर्दछ ।
तपाई हामीले नचिनि कन खाएको च्याउनका कारण वर्षेनि कयैंको ज्यान गएको छ । हेर्दा उस्तै देखिने तर खाई सके पछि त्यो विषमा परिणत हुने गर्दछ । वजारमा ल्याएर वेचिने च्याउ भन्दा वनवाट ल्याईएको च्याउ मानव स्वास्थ्यका लागि जोखिम खतरनाक रहेको पाईएको छ ।
चिकित्सकहरुले समेत आँफुले नचिनेको च्याउको प्रयोग नगर्नका लागि सल्लाहा दिदै आएका छन् । भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार वर्षात सुरु भए संगै विशालु च्याउ खाएर विरामी पर्नेहरुको संख्या दिनानुदिन वढ्दो छ । यो मौसममा हरेक दिन जसो त्यस्ता विरामीहरु आउने गरेको पौडेलले जानकारी दिनु भयो । अहिले अस्पतालको सघन उपचार कक्षमा दुई जना विरामी छन् । जस मध्ये एक जनाको अवस्था गम्भिर रहेको उहाँको भनाई छ ।
वर्षा सुरु भए संगै जंगलमा च्याउ उम्रने र त्यही च्याउ तरकारीको रुपमा प्रयोग गर्दा विशाक्त भई कतिपयको ज्यानै जाने पौडेलले वताउनु भयो । अस्पतालको सघन उपचार कक्षमा यस्ता विरामीहरु लामो समय राख्नु पर्ने वाध्यता हुन्छ ।
अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी सवै च्याउहरु सामान्य नभएर विशालु हुने वताउनु हुन्छ । विशेष गरि वनको च्याउ वढि विशालु हुने र विष देखिने गर्दछन् । त्यस्ता च्याउमा हरेक वर्ष हरेक समय फरक फरक विष देखिने गरेको अधिकारीको भनाई छ । च्याउको जात सामान्यतय झट्ट हेर्दा उस्तै उस्तै हुने हुनाले कुन वढि विशालु हो र होईन भनेर मानिसलाई छुट्याउन कठिन हुने उहाँले वताउनु भयो ।
जानकारीको अभावमा कुन च्याउ विशाक्त हो भनेर पहिचान गर्न नसक्दा समस्या देखिने गरेको छ । अधिकारीले भन्नुभयो “यिनिहरुमा पहिलेनै तयारी विष हुन्छ । ती किटाणु होईनन् ।” यिनिहरुले सोझै शरिरको कलेजो, मृगौला र आन्द्रामा असर गरेर अचानक पखाला लाग्ने, वान्ता हुने, रक्तचाप घट्ने, पिसाव कमि भएर मृगौलाले काम नगर्ने, जण्डीस देखिने, मुटुको धड्कन कम हुने जस्ता लक्षण देखिने उहाँको भनाई छ ।
विशालु च्याउ खाएर अस्पताल आउने विरामीहरुमा विषलाई सिधै कम(न्यूटलाईज) गर्ने पदार्थ नहुने हुनाले उनीहरुलाई सहयोग गरेर जुन अंगमा असर छ त्यसलाई औषधि प्रयोग गरि जोगाउनु पर्ने उहाँ वताउनु हुन्छ । विष रोक्ने औषधि नहुने भएकाले त्यसले शरिरका कुन अंगलाई असर गरेको छ त्यहि अंगको उपचार गर्नु पर्ने उहाँको भनाई छ ।
अधिकारीले समाजमा यस्ता खालका च्याउहरु पखालेर, उमालेर खायो भने विष जान्छ भन्ने भ्रम रहेको भन्दै यस्तो भ्रमवाट मुक्त हुन सुझाव दिनु भयो । च्याउलाई उमाल्दैमा विष नजाने उहाँको भनाई छ ।
पहिले हल्का हल्का विष लाग्यो भने अरु केहिले होला भन्ने सोचेर पुनः च्याउ खाने प्रचलन रहेको भन्दै यस्तो गर्न नहुने उहाँको सुझाव छ ।
अधिकारीले एउटै ढुसिमा पछि पनि विष कडा खालको वन्ने गरेको वताउनु भयो । वनको च्याउ नचिनि नखान र थाहा नपाई खाईहालेमा तत्काल अस्पताल पुग्नु पर्ने अधिकारी वताउनु हुन्छ । उहाँका अनुसार च्याउ खाएको ६ घण्टा भित्रमा अस्पताल आएमा ९० प्रतिशत वच्छन भने २ दिन पछि आउँदा ४० प्रतिशत लाई मात्र वचाउन सक्ने अधिकारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !