चितवनः प्रतिष्ठित उद्योगी व्यवसायी सहितको लगानीमा भरतपुर महानगरपालीका वडा नम्वर २९ भतेरीमा नयाँ रिसोर्ट संञ्चालनमा ल्याईने भएको छ । रिभर वैंक फनपार्क रिसोर्ट प्रालिको आज एक समारोह विच उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं रिसोर्टका संञ्चालक कल्याण जोशीले शिलन्याश गर्नु भयो ।
नारायणगढ मुग्लीन सडक खण्डमा पर्ने भतेरीमा ६ विगाहा जमिनमा रिसोर्ट संञ्चालन गर्न लागिएको हो । कम्पनि सचिव ऋषी न्यौपानेका अनुसार वन, त्रिशुलि नदि, सडक र एकापट्टि वस्तिले घेरीएको मनोरम क्षेत्रमा रिसोर्ट संञ्चालन गर्न लागिएको हो । जिल्लाका र वाहिरका ४५ जनाको सामुहिक लगानिमा होटल, फनपार्क र वाटरपार्क निर्माण गर्न लागिएको उहाँले जानकारी दिनु भयो । पहिलो चरणमा रु ५० करोड खर्च गर्न लागिएको न्यौपानेको भनाई छ । क्रमश थप गर्दै लैजाने लक्ष्य रहेको छ ।
रिसोर्टका अध्यक्ष वालगोपाल चुकेका अनुसार एक वर्ष ६ महिना भित्रमा ५० वटा कोठा सहितको होटल, नेपालमा अहिले सम्म नभित्रिएका खेल सामाग्री सहितको फनपार्क र वाटरपार्क निर्माण गर्ने लक्ष्य राखिएको छ । रिसोर्टका शेयर धनि एवं जिल्लाका अग्रज पत्रकार जनक अर्यालले वन र नदि भएकाले शितलता संगै मनोरन्जन दिन सक्ने गरि रिसोर्ट निर्माण गर्न लागिएको वताउनुभयो । आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गरि उच्चतम आधुनिक प्रविधिको प्रयोग गरि रिसोर्टको निर्माण गरिने अर्यालको भनाई छ ।
होटलको शिलन्यास गर्दै उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जोशीले तेस्रो पर्यटकीय गन्तव्य चितवनका लागि काठमााडौं र पोखरावाट आउने पर्यटकको मुख्य मार्गमा होटल निर्माण थालिएको भन्दै पर्यटकलाई राम्रो सेवा दिने गरि होटल संञ्चालन गर्नु पर्ने वताउनु भयो । यसले जिल्लाको पर्यटन प्रवर्धनमा टेवा पुग्ने जोशीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !