
कावासोती: सनराइज बैंकले बुधवारदेखि नवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा आफ्नो शाखा विस्तार गरेको छ । कावासोती शाखाको एक समारोहका बीच कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशङ्कर मर्दनिया थारु र बैँकका सञ्चालक समिति सदस्य इन्जिनियर शैलेन्द्र गुरागाईँले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो । शाखाको शुभारम्भ गर्दै उपप्रमुख मर्दनीयाले जिल्लाको सदरमुकाम कावासोती भइृसकेपछि यहाँको आवश्यकतालाई मध्यनजर गर्दे शाखा विस्तार गरेकामा बैंकलाई धन्यवाद दिनुभयो । उहाँले नगरवासीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न पनि बैंक व्यवस्थापनलाई आग्रह गर्नुुभयो ।
शखा प्रबन्धक अर्जुन अर्यालले आफ्ना ग्राहकहरुलाई सहज तवरले सेवा सुविधा पु¥याउने अभिप्रायले शाखा विस्तार भएको बताउनुभयो । उहाँले आफूहरुले कावासोतीवासीको सहयोग पाउनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
बैंकको कावासोतीसहित देशभरि १ सय १२वटा शाखा पुगेका छन् । त्यसैगरी ३६वटा शाखारहित बैंकिङ्क सेवा, ४वटा एक्सटेन्सन काउन्टर, १२६वटा एटिएम बैंकले आफ्ना ५ लाखभन्दा बढी ग्राहकलाई देशभर सेवा प्रवाह गरिरहेको शाखा प्रवन्धक अर्यालले जानकारी दिनु भयो ।