चितवनः नेपाली काँग्रेसका नेता डा. मिलेन्द्र रिजालले सरकारका कामका कारण संविधान माथि जोखिम वढाएको आरोप लगाउनु भएको छ । आज भरतपुरमा पत्रकारहरु संग कुराकानी गर्दै उहाँले सरकारको नियतमा होईन काम हेर्नेहो भने संघिय लोकतान्त्रीक गणतन्त्रलाईनै समाप्त गर्ने खालको भएको वताउनु भयो ।
उहाँले भन्नुभयो “आम निरासमा रहेको जनताको आक्रोस संविधान प्रति खनिनेहो की भन्ने चिन्ता छ ।” ठूलो वलिदानीवाट ल्याएको संवैधानीका व्यवस्था जोगाउने चिन्ता काँग्रेसलाई भएको उहाँको भनाई छ ।
अहिले सरकारले काम गर्न नसकेको वताउँदै उहाँले सरकार जनता प्रति उत्तरदायी हुन नसकेको बताउनु भयो । सरकारले काम नगरेको भन्ने विषयमा सरकारलाई राम्रो ज्ञान भएको उहाँको भनाई थियो ।
सरकारको रवैयाका कारण उग्रवामपन्थी, उग्र दक्षिणपन्थि, विप्लव समुहहरु हतियार वोकेर संविधान पल्टाउन लागेको वताउँदै उहाँले संविधानले विदा गरेको संस्था आफ्नो पुनउथ्थान हुन्छकी भन्ने उद्धेश्यले खेल्न थालेको वताउनु भयो ।
सरकारले राम्रो संग काम गर्न नसकेको समयमा काँग्रेसको जिम्मेवारी सरकारलाई ढिक वाटोमा हिडाउने काम गर्ने भएका रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको उहाँको भनाई छ । सरकारले वहुमत र दुई तिहाईको दम्व देखाएर ताना शाह वन्न खोजेमा सरकारकै अलोकप्रियता वढ्ने र जनतावाट तिरस्कृत हुने उहाँले वताउनु भयो ।
जनताले प्रजातन्त्रमा निरन्तरको प्रतिवधता खोजी रहेको वताउँदै उहाँले प्रधानमन्त्रीको पदक काम गर्नका लागि भएको वताउनु भयो । उहाँले भन्नुभयो “प्रधानमन्त्रीको पद काम गर्नलाई हो अर्कालाई होच्याउन र खिज्याउन होईन ।”
अहिलेको सरकार जनता प्रति मात्रै नभएर संसद प्रति समेत उत्तरदायी वन्न नसकेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो “सरकार संसदमा आउनै चाँहादैन । अहिले महिनाको तेस्रो हप्ता चल्दै छ । तेस्रो हप्ताको पहलिो वैठकमा प्रधानमन्त्री संघ प्रश्नोत्तर हो । यो हप्ताभरी संसद राखेको छैन । संसदको वैठक नराख्नुको कारण उहाँ संसदलाई जवाफ दिन चाहानु हुन्न ।”
सरकारले अदालत, संवैधानीक अंगहरुको सम्मान गर्दैन स्वतन्त्ररुपले काम गर्न नदिएको वताउँदै विधिको शासनवाट वाहिर जाने चेष्टा गरेको वताउनुभयो । आफ्ना गलत कामहरुको वचावट गर्नका लागि अहिले पत्रकारहरुलाई खिच्न खोजिएको उहाँको भनाई छ । मिडिया काउन्सील विधेयक मार्फत मिडियाहरुलाई नियन्त्रर्ण गरेर आफ्नो वचाउ गर्न खोजेको उहाँको आरोप छ ।
फरक प्रसंगमा वोल्दै उहाँले काँग्रेसको महाधिवेशन समयमानै गर्नु पर्ने धारणा राख्नु भयो । अहिलेको सयम पार्टी वनाउने भएकाले महाधिवेशन समयमानै हुनु पर्ने उहाँको भनाई छ । ईतिहाँसवाट शिक्षा ग्रहण गर्दै पार्टीलाई एक वनाएर लैजानु आजको आवश्यकता रहेको उहाँले वताउनु भयो ।
पार्टीको महाधिवेशन समयमा नभए पार्टीको हति विपरित हुने उहाँको वुझाई रहेको छ । महाधिवेशन नगरी पार्टीलाई अनिर्णयको वन्धि वनाउन नपाईने उहाँको भनाई छ । उहाँले भन्नुभयो “महाधिवेशन समयमा नभए पार्टी अनिर्णयको वन्धि वन्छ । यस्तो गर्न कसैले पनि पाउँदैन ।”

प्रतिक्रिया दिनुहोस !