चितवनः चितवन र नवलपुरका एक सय वटा लायन्स क्लवका अध्यक्षहरुले सामाजिक क्षेत्रमा आफ्ना क्लवले आउँदो एक वर्षमा गर्ने महत्वपूर्ण सामाजीक कामहरु प्रस्तुत गरेका छन् । लायन्स क्लव ईन्टरनेश्नल डिस्ट्रिक ३२५ विटुको एरीया नम्वर ३ ले आज नारायणगढमा आयोजना गरेको प्लानिङ् मिटमा ती क्लवका अध्यक्षहरुले आफ्ना क्लवले गर्ने महत्वपूर्ण काम प्रस्तुत गरेका हुन ।
एरीया नम्वर ३ का प्रमुख प्रकाश भट्टराईका अनुसार दुई जिल्लामा एक सय वटा लायन्स क्लव पुगेका छन् । ती मध्ये अधिकांश क्लवका अध्यक्षहरु कार्यक्रममा उपस्थित थिए । उनीहरुले सामाजिक क्षेत्रमा गर्ने महत्वपूर्ण कामहरु आफ्ना कार्य सुचिमा राखेको भट्टराईले जानकारी दिनु भयो ।
स्वास्थ्य शिविर देखि अस्पताल निर्माण हुँदै आँखा दान, विद्यार्थीहरुलाई शैक्षीक सामाग्री एवं छात्रवृत्ति वितरण, साईवर क्राईम सम्वन्धी जनचेतना, टेलिभिजन कार्यक्रम, वन र वन्यजन्तु संरक्षण जस्ता योजनाहरु क्लवका अध्यक्षले प्रस्तुत गरेका थिए । समुदायमा सामाजिक क्षेत्रमा गर्नु पर्ने अधिकांश काम लायन्सका अध्यक्षहरुले आफ्ना योजना वनाएको भट्टराईको भनाई छ ।
सो अवसरमा लायन्स क्लव ईन्टरनेश्नल डिस्ट्रिक ३२५ विटुका सेकेन्ड भाईस डिस्ट्रिक गभर्नर रामप्रसाद भट्ट र पूर्व गभर्नर प्रभात कुमार जोशीले लायन्स क्लवले सामाजिक क्षेत्रमा गर्ने कामका वारेमा प्रष्ट पार्नु भएको थियो । उहाँहरुले संसारमा समाज सेवामा अग्रणी भएको भन्दै यहि आकर्षणका कारण यस क्षेत्रमा क्लव स्थापना हुने क्रम वढ्दो रहेको जानकारी दिनु भएको थियो ।
कार्यक्रममा लायन्सका रिजन चेयर पर्सन, जोन चेयर पर्सन, अव्जरभर लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !