चितवनः नेपाल बिद्यार्थी संघ सबिक क्षेत्र नम्बर ४ ले पूर्व क्षेत्रीय सभापति तिलचन्द्र अधिकारीको निधन भएका आठौं दिनको दिन शोक सभाको आयोजना गरेको छ । अधिकारी निवासका कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाली कांग्रेस चितवनका पुर्व पार्टी सभापति एव संविधान सभा सदस्य रामकृष्ण घिमिरे प्रमुख अतिथी रहनु भएको सो शोक सभामा नेबिसंघका निवर्तमान महामन्त्री आनन्दराज त्रिपाठी , महासमिति सदस्य बिजय भुषाल, नेपाली काँग्रेस चितवन नेता सुर्य कान्त घिमिरे, नेपाली काँग्रेस चितवन सचीव राजिब न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शोक मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि घिमिरेले स्व. अधिकारीको दुःखद निधनबाट आफू लगाएत सिङ्गो पार्टी पङ्त्ती मर्माहत भएको वताउनु भयो । अधिकारीको निधनले देश एवं पार्टीका लागि जुझारु युवा नेताको गुमाएको भन्दै उहाँले यस घटनाले अपुरणिय क्षति पुगेको बताउनु भयो। कार्यक्रम क्षेत्रीय सभापति बिष्णु बहादुर भुजेलको सभापतित्वमा सम्पन्न भएको हो।