![](https://www.clickkhabar.com/wp-content/uploads/2019/06/65640203_2966147876745963_3682467077978849280_n.jpg)
चितवनः कालिका नगरपालिकामा हाटवजार सुरु गरिएको छ । तरकारी खरिद विक्रिका लागि रत्ननगर र भरतपुर सम्म आई पुग्नु पर्ने वाध्यतालाई न्यूनिकरण गर्न स्थानीयको सक्रियतामा नगरपालिकाको वडा नम्वर १ लंकालाईनमा हाटवजार सुरु गरिएको हो ।
स्थानीय ओम शेर्पाको अध्यक्षतामा वनेको हाट वजार व्यवस्थापन समितिले हप्ताको दुई दिनका लाग्ने गरि हाटवजार संञ्चालनमा ल्याएका हो । हप्ताको वुधवार र शनिवार लाग्ने सो हाटवजार वाट कालिका नगरपालिका वडा नम्वर १ देखि ५ सम्म र रत्ननगर नगरपालिकाको वडा नम्वर ११ का स्थानीय लाभान्वीत भएका छन् ।
शेर्पाले भन्नुभयो “पहिला तराकारी किन्न र वेच्नका लागि जिल्लाको सदरमुकाम भरतपुर वा रत्ननगर जानु पथ्र्यो । अहिले त्यो समस्या हटेको छ ।” स्थानीय रुपमा उतपदीत ताजा तरकारी तथा अन्य वस्तुले वजार पाएको उहाँको भनाई छ । स्थानीय उत्पादनको पर्वधन गर्ने उद्धेश्यका साथ हाटवजार संञ्चालनमा ल्याईएको उहाँले जानकारी दिनु भयो ।
जनताले पाएको सास्तीका विषयमा आँफुहरुले नगरपालिकालाई अग्रह गर्दा सुनुवाई नभए पछि स्थानीयको सक्रियतामा हाटवजार संञ्चालनमा ल्याईएको नेपाली काँग्रेस कालिका नगर सभापति राजु श्रेष्ठले जानकारी दिनु भयो ।
असार ११ गते देखि सुरु गरिएको हाटवजार आज दोस्रो दिन पनि संञ्चालनमा आएको छ । हाटवजारको सुरक्षाका लागि स्थानीय युवाहरु स्वमसेविको रुपमा परिचालन गरिएको उहाँले जानकारी दिनु भयो । स्थानीयको सक्रियतामा संञ्चालनमा ल्याईएको हाटवजारले सो क्षेको विकासका लागि समेत टेवा पुग्ने उहाँको भनाई छ । हाटवजार साँझ ४ वजे देखि साढे सात वजे सम्म संञ्चालन हुदै आएको छ ।