
चितवनः जिल्लामा गएको ११ महिनामा १ सय ४६ जनाले आत्महत्या गरेका छन् । गत वर्षको १२ महिनाको भन्दा यो संख्या ७ जनाले वढि हो ।
पछिल्लो समय आत्महत्या गर्नेको संख्या वढ्दै गएको छ । आत्महत्या गर्ने मध्ये सवैभन्दा वढि झुण्डीर आत्महत्या गरेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाका अनुसार झुण्डीएर आत्महत्या गर्नेको संख्या १ सय २५ रहेको छ । यसै गरि विष सेवन वाट १९ जना, हामफालेर एक जना र औजार प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् ।
कार्यालयका अनुसार आत्महत्या गर्नेमा १६ देखि २५ वर्ष उमेर समुहका वढि रहेका छन् । यो उमेर समुहका ४४ जनाले चालु आर्थिक वर्षमा आत्महत्या गरेको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा यो तथ्याङ्क ३७ रहेको थियो ।आत्महत्या गर्नेमा पुरुषको संख्या वढि रहेको छ । यस वर्ष ८३ जना पुरुषले आत्महत्या गरेका छन् । महिलाको संख्या ४९ रहेको छ । वालवालीकाले पनि आत्महत्या गर्ने क्रम वढेको छ । यस वर्ष ७ जनाले आत्महत्या गरेका छन् ।
कोईरालाका अनुसार प्रहरीमा आत्महत्यको कारण टिपाईएकोमा अविश्वासका कारण सवैभन्दा वढि रहेको छ । त्यसैगरि पारिवारीक कलह, नैरास्यता, प्रेममा धोका, दिर्घ रोग, पारिवारवाट अपहेलना, गरिवि लगाएत रहेका छन् ।
भरतपुर अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा. सुनिल कुमार शाहका अनुसार विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार हरेक वर्ष ८ लाख भन्दा वढिले आत्महत्या गर्ने गर्दछन् । यसको मुख्य कारण नैरास्यता (डिप्रेसन) हो । मानिसलाई दिगधारी पना वढ्ने, निरास हुने, जाँगर नहुने कारण धेरैले आत्महत्या गर्ने गर्दछन् ।
मादक पदार्थ एवं कुलतको समस्याका कारण पनि आत्महत्या गर्ने गरेको शाहले वताउनु भयो । व्यक्तित्वको समस्याका कारण धैर्य गर्न नसकेर झोकमा गरिने निर्णयका कारण पनि समस्या हुने गरेको छ । सानो तिनो परिस्थितिको व्यवस्थापन गर्न नसक्नुका साथै गम्भिर ढङ्गका मानसिक रोगहरु सिजोफेनिया, वाईपोलार, मुडडिसअडर जस्ता कारण पनि मानिसले आत्महत्या गर्ने शाहले जानकारी दिनु भयो ।
नेपालमा द्धन्द्धको व्यवस्थापन, भूकम्प, वाढि, वसाईसराई, वैदेशीक रोजगारी, देशको आर्थिक अवस्था, सामाजिक परिवर्तन लगाएतका कारण पनि आत्महत्या गर्नेहरु वढ्दो रहेको शाहले वताउनु भयो । अन्य रोगहरु जस्तै मानसिक समस्यालाई रोगको रुपमा लिएर समयमानै उपचार गरेमा आत्महत्या रोक्न सकिने शाहको भनाई छ । मानसिक रुपमा फरक व्यवहार देखाएमा नजिकका साथीभाई एवं स्टमित्रले तत्काल चिकित्सक संग परामर्श गराउनु पर्ने उहाँको सुझाव छ ।
घर परिवारलाई समय दिने, कुलत वाट टाढा रहने, घुमफिर गर्ने, स्टमित्र भेटघाट गर्ने जस्ता कार्यवाट परिवारमा आत्महत्यको समस्या आउनवाट रोक्न सकीने उहाँको भनाई छ ।