सर्पदंशका कारण भरतपुर अस्पतालको (आइसियु) सघन उपचार कक्षमा उपचारत मनहरि गाउँपालिका वडा नम्बर ३ मकवानपुरका का ६५ वर्षीय खेमनाथ सुवेदीलाइ आज मारवाडी महिला मञ्च नारायणगढले आर्थिक सहयोग गरेको छ ।
अस्पतालैमा पुगेर मारवाडी महिला मञ्चकी अध्यक्ष उषा अग्रवालको नेतृत्वमा गएको टोलीले नगद रु २१ हजार रुपैयाँ सहयोग गरेका हो । गत असार ३गते खेतमा चैतमा लागाएको धान काट्ने क्रममा सुवेदीलाई हरियो सर्प ( हरेउ)ले डसेको थियो । परिवारका अनुसार सुवेदीलाई तत्कालै उपचारको लागि हेटौंडा अस्पताल पुर्याइएकोमा केहि उपचार गरेर निको हुने भन्दै हेटौंडा अस्पतालले घर फिर्ता पठाएको थियो र तर केहि दिनपछि सुवेदी अचानक बेहोस भएर ढलेपछि परिवारले उनलार्ई भरतपुर अस्पताल ल्याइएको हो । परिवारका सदस्यका अनुसार डाक्टरले पेटमा पानि र रगत देखापरेको छ भनेका छन् । सो रगत पानी हटेपछि मात्र निको हुने डाक्टरहरुको भनाई छ ।
आर्थिक अवस्था कमजोर रहेकोले मारवाडी महिला मञ्चले उपचारमा सहयोग पुगोस भनेर आर्थिक सहयोग गरेको बिरामीका सहयोगी पण्डित शेखर शास्त्रीले जानकारी दिए । । बिरामी सुवेदीका छोरा गोकुल सुवेदीलाई मारवाडी महिला मञ्चको अध्यक्ष उषा अग्रवालले सो सहयोग रकम आज हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा मञ्चका सल्लाहकार पुनम अग्रवाल, उपाध्यक्ष स्वाती बंशल र कोषाध्यक्ष इन्दु बंशलको सहभागिता रहेको थियो ।