चितवनः जिल्ला प्रशासन कार्यालय चितवनले लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको चौविसकोठी देखि जिल्ला समन्वय समिति सम्म विहान प्रभातफेरी निकालीएको थियो ।
प्रभातफेरी पछि आयोजित कार्यक्रमलाई संवोधन गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले युवा पुस्तामा वढ्दो लागुऔषधको प्रयोग रोक्नु आजको चुनौति वनेको वताउनु भयो । अहिले समाज विकासका लागि लागुऔषध नियन्त्रर्ण मुख्य जिम्मेवारी वन्दै गएको वताउँदै उहाँले लागुऔषधमा फसेका युवाहरुलाई देश निर्माणमा लगानु पर्ने वताउनु भयो ।
लागुऔषध प्रयोगका दृष्ट्रिले केन्द्र वन्दै गएको चितवनमा यसैको प्रयोगका कारण समाज असुरक्षित वन्दै गएको उहाँको भनाई थियो । कार्यक्रममा वोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले लागुऔषध प्रयोग र ओसारपसार दुवै समाजका लागि खतरा रहेको वताउनुभयो ।