चितवनः कक्षा ११ र १२ को नक्कली प्रमाणपत्र वनाएको आरोपमा प्रहरी दुई जनाालई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं ६ बस्ने १९ वर्षिय बेद प्रसाद पराजुली र ३३ वर्षिय सुदिप पौडेल रहेका छन् ।
उनीहरुले स्कुल तथा क्याम्पसको नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र (सर्टिफिकेट) बनाउँदै आएको सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुको साथवाट नक्कली प्रमाणपत्र समेत वरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दान वहादुर मल्लले जानकारी दिनु भयो ।
भरतपुर महानगरपालिका वडा नंम्वर ७ बुद्धचोकमा संचालन गरेको विन्दु फोटो एण्ड भिडियो पसलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
नक्कली प्रमाणपत्र बनाउन प्रयोग गरिने एक थान कम्प्युटर र ३ थान प्रिन्टर समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखित सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !