चितवनः भरतपुर महानगरपालिकाले आज देखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरू गरेको छ । कार्यक्रमको महानगरपालिका प्रमुख रेनु दाहालले उद्घघाटन गर्नुभएको हो ।
महानगरपालिकाले यस कार्यक्रम अन्र्तगत पहिलो चरणमा ३ सय ८४ जनाले रोजगार पाउने छन् । विस्तारै सवै वडामा लगिने यस कार्यक्रममा महानगरका ४ हजार जनाले रोजगार पाउने छन् । आज पहिलो दिन महानगरको वडा नम्वर २२ का १६ जना र २१ का २२ जनाले रोजगार पाएका हन् ।
महानगरपालिकाको वडा नम्वर २२ वाट रोजगार कार्यक्रम सुरु गरिएको हो । सो अवसरमा प्रमुख दाहालले रोजगार आम नागरिकको संबैधानिक अधिकार भएको बताउदै नागरिकको अधिकार र आवस्यकता पुरा गर्न महानगर प्रतिबद्द रहेको वताउनु भयो । पूर्वाधार विकास, कृषि शिक्षा, स्वास्थ्य पर्यटन र सुशासनलाई रोजगारी संग जोडेर समृद्दीको यात्रालाई अगाडी बढाउन महानगरपालिका योजनाबद्ध ढंगले अगाढी बढेको जानकारी दिनु भयो ।
यस अन्तरगत वडा नम्वर २२ मा १६ जनाले पारिश्रमीकमा आधारित रहेर २० दिन दैनिक ८ सय रुपैंयाका दरले पारिश्रमीक पाउने गरि वडामा विकास निर्माणमा काम गर्ने छन् ।
सो अवसरमा महानगरपालिका उपप्रमुख पार्बती शाह ठकुरीले राष्ट्रले लिएको रोजगार कार्यक्रमलाइ सार्थक बनाउने दायित्व स्थानिय तहलाई आएको बताउदै यसबाट लाभान्वीत हुन सबैलाई आग्रह गर्नुभयो।
कार्यक्रममा महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख प्रधुम्न उपाध्याय, रोजगार अधिकृत विनोद खराल, वडा नम्वर २२ का वडा अध्यक्ष बिष्णुराज महतो, नेपाल कम्युनिष्ट पार्टी( नेकपा) यूवा नेता रामहरी सेढाइ, नेपाली काग्रेसका नेता कुमार प्रसाद थपलिया लगायतले वोल्नुु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !