चितवनः उपराष्ट्रपती नन्दकीशोर पुन चितवन आउनु भएको छ । पाँचौ अन्तराष्ट्रिय योग दिवसका अवसरमा पतञ्जली योग समिति चितवनले भोलि यहाँ आयोजना गर्न लागेको वृहत योग शिवीरमा सहभागि हुनका लागि पुन चितवन आउनु भएको हो । भरतपुरको जुनीयर प्रहरी अधिकृत तालिम केन्द्रमा हुने शिविरमा सहभागि भई उहाँ विहान देवघाट जाने कार्यक्रम तय भएको छ ।
भोलि बिहान ५ बजे देखि ७ बजेसम्म योग शिविरमा सहभागि हुने कार्यक्रममा रहेको आयोजकले जनाएको छ ।
पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम रहेको भए पनि उहाँको कार्यव्यस्थताले आउन नभ्याए पछि पुन आउनु भएको हो । शिविरमा बरिष्ठ योग प्रशिक्षक लोकनाथ खनालले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
प्रचार संयोजक टंकनाथ पौडेलका अनुसार शिविरको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !