चितवनः भरतपुर अस्पतालको अगाडीको भागमा मोज्याक टायल लगाएर सुन्दर वनाईने भएको छ । खाल्डा खुल्डी समेत भएकाले वर्षातको समयमा पानी जमेर समस्या हुँदै आएको छ । टायल लगाए पछि पानी जम्ने समस्यामा केहि कमि आउने अपेक्षा गरिएको छ ।
भरतपुर महानगरपालिकाको सहयोगमा टायल लगाउन लागिएको हो । अस्पतालको आग्रहमा महानगरपालिकाले कुल लागतको ८० प्रतिशत वेहोर्ने गरि टायल लगाउन लागिएको हो । अस्पतालको दुई नम्वर गेट देखि वहिरंग सेवा सम्मको १ हजार ३ सय ६९ स्वायर मिटर क्षेत्रफलमा टायल लगाउन लागिएको छ । टायल लगाउनका लागि करिव २४ लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ ।
महानगरपालिका प्रमुख रेनु दाहालले अस्पतालको अगाडीको भाग भत्कीएको र पानी पर्दा जमेर समस्या हुने देखिए पछि टायल लगाउनका लागि सहयोग गर्न लागिएको वताउनु भयो । प्रमुख वनेपछि दाहालले यहि अस्पतालमा आउने महिला विरामीहरुको वहिरंग सेवाको टिकट निशुल्क गरेर कामको थालनि गर्नु भएको थियो ।
अस्पताल व्यवस्थित वनाउने काममा प्रमुख दाहालको महत्वपूर्ण भूमिका रहेको छ । क्षेत्र नम्वर तीनका सांसद एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँकै अगुवाईमा अस्पताललाई केन्द्रीय स्तरको वनाईएको हो ।
अस्पताल विकास समितिका अध्यक्ष खेम भण्डारीको अध्यक्षतामा आज सम्पन्न वैठकले टायल लगाउनका लागि शिव प्रसाद भटराईको अध्यक्षतामा पाँच सदस्यिय समिति गठन गरेको छ । समितिको उपाध्यक्ष मोतिराम ढुङ्गाना, सचिवमा चिरन्जीवि सुवेदी, कोषाध्यक्षमा डम्वर कुमारी पोख्रेल र सदस्यमा प्रकाशराज पन्त रहनु भएको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनु भयो । पौडेलका अनुसार यहि महिनामा काम सम्पन्न गर्ने गरि प्रकृया अघि वढेको छ । टालय लगाए संगै अस्पतालको सुन्दरता थपिने र वर्षातको समयमा पानी जमेर हुने समस्यामा केहि कमि आउने पौडेलले जानकारी दिनु भयो ।
अस्पताललाई देशकै नमुना वनाउने कुरामा आफ्नो तर्फबाट सहयोग गर्न सधै तयार रहेको महानगर प्रमुख दाहालले वताउदै आउनु भएको छ । दैनिक यस अस्पतालमा एक हजार पाँच सय हाराहारी विरामी उपचारका लागि आउने गर्दछन् । सवैले अस्पताललाई साथ र सहयोग गरेमा नमुना अस्पतालको रुपमा विकास गर्न सकिने अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु वगालेले वताउनु भएको छ।