चितवनः भरतपुर महानगरपालिका वडा नम्वर २३ का वडा सदस्यले पत्रकारहरु माथि धम्की दिएका छन् । वडा कार्यालयले सार्वजनिक जग्गा संरक्षणको विषयमा सडक निर्माण गर्दा उत्पन्न विवादका विषयमा जानकारी गराउनका लागि आज पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
पत्रकार सम्मेलनको सुरुवातमानै स्वागत मन्तव्य व्यक्त गर्दै वडा सदस्य वावुलाल थिङ्गले पत्रकारहरुको कलम भाँच्ने धम्कि दिएका हुन । वडा कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा भारतमा मृत्यु दण्ड दिने गरेको उदाहारण प्रस्तुत गर्दै उनले पत्रकारहरुको कलम भाँच्ने धम्कि दिएका थिए । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा सहितका पत्रकारहरुको रोहोवरमा वडा सदस्यले धम्काएका हुन ।
धम्कि दिए संगै पत्रकार सम्मेलन वहिस्कार गरेर पत्रकारहरु निस्कन खोज्दा भरतपुर महानगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समितिका संयोजक एवं प्रवक्ता अरुणपिडित भण्डारीले सार्वजनिक रुपमा माफी माग्नु पर्यो । पत्रकारहरुका कारण समस्या विकराल वनेको भन्दै थिङ्ग पत्रकारहरु माथि आक्रमक वनेका थिए । थिङ्ग आक्रमक वने संगै सम्मेलनमा पुगेका पत्रकारहरुले वहिस्कार गर्ने तयारी गरे पछि भण्डारीले माफि माग्नु भएको हो । महानगरपालिकाको वडा नम्वर २३ मा रहेको गौचरनको जग्गा संरक्षणका क्रममा सडक निर्माण गर्दै गर्दा स्थानीयको अवरोध पछि निर्माणको काम रोकीएको छ । वडा अध्यक्ष नरिनारायण पौडेलका अनुसार गौचरनमा रहेको जग्गा ३ विगाह १९ कठ्ठा १७ धुर संरक्षण संगै सडक निर्माणका क्रममा स्थानीयले प्रचलनमा रहेको सडक नै कालोपत्रे गर्नु पर्ने भन्दै विरोध जनाएका थिए ।

तर वडा कार्यालयले भरतपुर महानगरपालिकाको गत वर्ष साउन ७ गतेको निर्णय अनुसार ६ मिटर सडक गौचरन तर्फको प्रयोग गर्ने र २ मिटर स्थानीयले उपलव्ध गराउने भन्दै निर्णयको आधारमा सडक निर्माणको काम सुरु गरेको पौडेलले दावि गरे । महानगरपालिकाको निर्णय कार्यान्वयन गर्ने क्रममा विवाद भए पछि सडक निर्माणको काम रोकीएको हो ।
महानगरले गरेको निर्णय भन्दा अहिलेको अवस्थामा रहेको सडकलाई व्यवस्थापन गर्दै त्यस पछि स्थानीयले छोड्नु पर्ने जग्गा छोड्न तयार रहेको स्थानीय शिव चालिसेले वताउनु भयो । चालिसेका अनुसार २०३७ साल देखि प्रचलनमा आएको सडकलाई महानगरले संरक्षणको नाममा जनतालाई शास्ति दिने काम गरेको हो ।
अहिलेको अवस्थामा महानगरमा रहेको जमिनवाट १५ कठ्ठा जग्गा वाटोमा पर्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा वोल्दै समितिका संयोजक भण्डारीले सडक निर्माणको काम नरोकीने वताउनु भयो । हरेक समस्याको समाधान वार्तामार्फत हुने भन्दै उहाँले सडक कालोपत्रे गर्ने काम महानगरले गर्ने भएकाले महानगरको निर्णय कार्यान्वयन गर्न सवैलाई आग्रह गर्नु भयो ।
भएको सडक जनप्रतिनिधिले नै घटाएको भन्दै स्थानीय आक्रोशीत भएका छन् । स्थानीयले भएको सडक भन्दा फराकीलो वनाउँनु पर्दा आफ्नो जमिन काटेर वाटो दिन तयार रहेको जनाउँदै आएका छन् । वडा अध्यक्षले प्रतिसोध साँध्दै भईरहेको वाटो घटाएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस !