चितवनः पूर्वी चितवनको रत्ननगरमा मदिरा सेवन गरी घाममा सुतेका एक व्यक्तिको आज दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्वर ७ मालपुर निवासी ३६ वर्षिय इन्दल माझी मुसहर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यका अनुसार आज विहान घर नजिकैको खेतमा काम सके पछि मुसहरले खुशियाली मनाउँदै अत्याधिक मदिरा सेवन गरेका थिए ।
सो क्रममा कल्भडवाट कुलोको पानीमा खसेको आचार्यले जानकारी दिनुभयो । कुलोवाट वाहिर निस्किए पछि अन्य साथीहरुलाई एकैछिन पछि आउँछु भनि त्यहि सुतेका मुसहरको दिउँसो निधन भएको आचार्यको भनाई छ । मृत्यु भएका मुसहरको शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस !