चितवनः नेपाल रेडक्रस सोसाईटी चितवन शाखाले नेपाल विद्यार्थी संघ विरेन्द्र वहुमुखी क्याम्पसलाई लगातार दोस्रो वर्ष पनि सम्मान गरेको छ । संघले लगातार दुई वर्ष रक्तदान गरि जीवन रक्षामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।
विश्व रक्तदाता दिवसको अवसरमा आज भरतपुरमा आयोजीत एक कार्यक्रममा संघलाई सम्मान गरिएको हो । संघले आर्थिक वर्ष २०७३७÷७४ मा १ यस २३ पाउन्ट र २०७४÷७५ मा १ सय १४ पाउन्ट रगत संकलन गरेको थियो ,
नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर चितवन द्धारा आयोजित सम्मान कार्यक्रममा नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पसलाई जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले सम्मान गर्नु भएको थियो । सम्मान ग्रहण गर्दै नेवि संघ वीरेन्द्रका अध्यक्ष अनमोल अधिकारीले आउंदो वर्ष ने वि संघले सबैभन्दा धेरै रक्तदान गरेर रेकर्ड बनाउने प्रतिवद्धता जनाउनु भयो । नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रक्तदान गर्ने सिंघ संस्थाहरुलाई सम्मान, विभिन्न कार्यक्रमका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।