
चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापनामा लिईएको अपेक्षा अनुसार कामलाई तिव्र गति दिन नसकेको वताउनु भएको छ । । विश्वविद्यालयले आफनो १० औं स्थापना दिवसको अवसर पारेर आजदेखि विश्वविद्यालय परिसरमा आयोजना गरेको कृषि प्रदर्शनी तथा कृषक मेलाको उद्घाटन गर्नुहुँदै उहाँले विश्वविद्यालयले अध्ययन, अनुसन्धान र प्रसारलाई तिव्र रुपमा अघि वढाउनु पर्ने वताउनु भयो ।
जुन उदेश्यका साथ आफ्नो सक्रियतामा विश्वविद्यालय स्थापना भयो त्यस अनुरुप जान नसकेको आभास भएको भन्दै दाहालले विश्वविद्यालयले नेपालमा उत्पादन वृद्धिको महाअभियानको अगुवाको भूमिका खेल्न सक्नु पर्छ भन्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो “यो नेपालको मात्र होईन दक्षिण एशीयामा प्रकृतिले दिएका जे जति साधन स्रोत छन तिनको सदुपयोग गर्ने केन्द्रको रुपमा विकास गर्न सकीयोस ।” उहाँले थप्नुभयो “यसलाई एउटा नमुना र उत्कृष्ट विश्वविद्यालय वनाउनका लागि हामी सवै अगाडी वढ्न जरुरी छ ।”
सरकारले जुन अपेक्षा अनुसार विश्व विद्यालय स्थापना गरेको हो त्यो अनुसार काम हुन सकेको छैन उहाँले भन्नुभयो । सरकारको अपेक्षा अनुसार विश्वविद्यालयले काम गर्नु पर्ने उहाँको भनाई थियो । विश्वविद्यालयलाई उत्पादन वृद्धि र रोजगारी सृष्टि तर्फ केन्द्रित गर्नुपर्ने वताउनु भएको छ । विश्वविद्यालय अनुसन्धान र प्रसार सहित नयाँ अभियानमा अघि वढ्नु पर्ने उहाँको भनाई थियो ।
सरकारले सम्बृद्ध नेपाल र शुखि नेपालीको संकल्पका साथ काम गरिरहेको भन्दै दाहालले यसलाई परिपूर्ती गर्ने सन्दर्भमा कृषि विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहने वताउनु भयो । सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमका मार्फत काम अघि वढाएको उहाँको भनाई थियो ।
हामीले देशलाई समाजवाद तर्फ उन्मुख गर्दै गर्दा प्रयाप्त उत्पादन, रोजगारी र प्रविधिको विकास आवश्यक रहेको दाहालले वताउनु भयो । यसका लागि कृषि क्षेत्रमा आधुनीकिकरण जरुरी रहेको दाहालको भनाई थियो । कृषिमा हाम्रो भन्दा भारत र चीनको एवं ती दुई देशको भन्दा ईजरायलको गुणात्मक विकास भएको भन्दै उहाँले के कति प्रविधि त्यहाँवाट भित्र्याउन सकीन्छ त्यस तर्फ लाग्नु पर्छ भन्नुभयो ।
हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको रामपुर क्याम्पसवाट कृषि स्नातक गर्नु भएका दाहालले यस विश्वविद्यालय संग आफ्नो भावनात्मक सम्बन्ध रहेको जनाउनु भयो । उहाँले आँफु सामान्य कृषकको छोरा हुनुको नाताले कृषि शिक्षा पढें दाहालले थप्नुभयो “कृषिमा सुधार गर्न राजनैतिक क्रान्ति गर्नु पर्ने देखिएर त्यस तर्फ होमीएँ ।” क्रान्ति संगै यो देशको संघिय लोकतान्त्रीक गणतन्त्र प्राप्ती पछि पहिलो प्रधानमन्त्री वने संगै कृषिकै विकासका लागि यो विश्वविद्यालय खोल्ने काम आँफुले गरेको दाहालको भनाई थियो ।
उहाँले स्थापनाको १० वर्षमा प्रर्दशनी र मेला गर्न लागेकोमा विश्वविद्यालयलाई वधाई दिनु भयो । कार्यक्रममा सांसद कृष्णभक्त पोख्रेल, कृषि सचिव डा. युवकध्वज जिशी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमवहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरी प्रसाद ढकाल, रजिष्टार प्रा.डा. मनराज कोलाक्षपती, प्रा.डा. अर्जुन श्रेष्ठ लगाएतले वोल्नु भएको थियो । सो अवसरमा कृषि क्षेत्रमा महत्वपूर्ण काम गर्ने स्थानीय कृषकहरुलाई सम्मान गरिएको थियो ।
चार दिन सम्म चल्ने मेलामा कृषि संग सम्बन्ध राख्ने ६० वटा स्टल रहेका छन् । मेला अवधिमा विश्वविद्यालयले अनुसन्धानका क्रममा प्राप्त गरेका उपलव्धिहरुलाई प्रत्यक्ष रुपमा कृषकहरुलाई वुझाईने छ ।