चितवनः जिल्लामा २६ जनामा डेंगुको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार १ हजार ३ सय ७० जनाको परिक्षण गरिएकोमा सो संख्यामा डेंगुको संक्रमण देखिएको हो ।
कार्यालयका किट नियन्त्रक राम केसीका संक्रमितहरु मध्ये ११ जना चितवनका रहेका छन् । कार्यालयले आज यहाँ आयोजना गरेको डेंगुरोग नियन्त्रर्ण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा उहाँले अघिल्लो आर्थिक वर्षमा १ हजार २ सय ९१ जनाको परिक्षण गरिएकोमा ५९ जनालाई संक्रमण भेटिएको वताउनु भयो ।
चितवनको भरतपुर महानगरपालिकाको मुख्य वजारी क्षेत्र, रत्ननगर नगगरपालिका, र राप्ति नगरपालिकाको मुख्य शहरी क्षेत्र प्रभावित रहेको वताउनु भयो । डेंगुको संक्रमण वर्षात भए संगै सुरु हुने भन्दै उहाँले अव यस रोगको संक्रमणवाट वाँच्नका लागि झुल लगाएर सुत्ने, लामा कपडा लगाउने लगाएतका कामहरु गर्न आबश्यक रहेको वताउनु भयो ।
पानी जम्ने ठाउँमा हप्ताको एक दुई चम्चा मटितेल हालेमा पनि यसको समस्या हट्ने उहाँले जानकारी दिनु भयो । रोग नियन्त्रर्णका लागि कार्यालयले भरतपुर महानगरपालिकामा यहि सार १ गते देखि ३ गते सम्म खोज र नष्ट गर अभियान संञ्चालन गर्ने भएको छ ।
डेंगु रोग सार्ने एजिप्ट एडिस नामको लामखुट्टेले पानी जमेको ठाउँमा फुलपार्ने भएकाले ती ठाउँहरुमा देखिएका लार्भा खोजेर नष्ट गर्न महानगरपालिकामा रहेको स्वास्थ्य स्वयम सेविकाहरु परिचालन गरीने छ । उनीहरुले आफ्नो क्षेत्रमा लार्भा खोजेर नष्ट गर्नुका साथै डेंगु रोग सम्बन्धि सचेतना फैल्याउने छन् ।

प्रतिक्रिया दिनुहोस !