चितवनः गृहमन्त्री रामवहादुर थापाले उद्योग र उद्योगिहरुको सुरक्षाका लागि सरकार तयार रहेको वताउनु भएको छ । पूर्वी चितवनको रत्ननगरमा आजदेखि सुरु भएको वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले उद्योग विना देशको सम्बृद्धि सम्भव नरहेको भन्दै उद्योग र उद्योगिहरुको सुरक्षाका लागि सरकार तयार रहेको वताउनु भयो ।
उहाँले भन्नुभयो “गरिवि र अभावले सम्वृद्धि आउँदैन । यसका लागि उद्योग कलकारखाना निर्वाध रुपमा संञ्चालन हुनु पर्छ ।” उद्योगहरु निर्वाध रुपमा संञ्चालन हुनका लागि राज्यले जस्तो सुकै कदम चाल्न पनि तयार रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्ने उहाँेले सरकारले नेपालमा रहेको गरिवि पाँच वर्षमा शुन्यमा झाने गरि काम गरेको बताउनु भयो । उहाँले सरकारले अहिले रहेको १८ प्रतिशत गरिविलाई शुन्यमा झार्ने लक्ष्यका साथ काम अघि वढाईरहेको वताउनु भयो । यसका लागि औद्योगिक क्षेत्रको विकास आबश्यक रहेको उहाँको भनाई थियो । जस अनुसार प्रत्योक प्रदेशमा एक औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको उहाँले जानकारी दिनु भयो ।
रत्ननगर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा वोल्दै उहाँले विकास र संम्बृद्धिका लागि दक्ष जनशक्ति आवश्यक छ भन्नुभयो । विकास र संम्बृद्धिका लागि दक्ष जनशक्ति र जनशक्तिका लागि प्राविधिक र व्यवासायीक शिक्षा आवश्यकमा उहाँको जोड थियो ।
सरकारले देशको गरिवि हटाउना लागि नीति निर्माणको काम गरीरहेको भन्दै उहाँले गरिवि र अभावले सम्बृद्धि सम्भव नरहेको जानकारी दिनु भयो । नेपाल कृषि प्रदान देश रहेको वताउँदै मन्त्री थापाले कृर्षिलाई औद्योगिकरण आजको आवश्यकता रहेको भन्नुभयो । उहाँले भन्नुभयो “कृर्षिलाई औद्योगिकरण गरेर रोजगारको सृजना गर्नु पर्छ ।”
अहिले श्रम वजारमा रहेका श्रमीकहरुमा दक्षताको अभावका कारण उनीहरुको कमाईले घर खर्च समेत चलाउन असहज भएको उहाँको भनाई थियो । स्वदेशमा रोजगार दिने उद्योग र उद्योगिको सुरक्षाका लागि सरकार सधै तयार रहेको मन्त्री थापाले वताउनु भयो ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका उपप्रमुख विमला दुवाडी, उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी, रत्ननगर उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे लगाएतले वोल्नु भएको थियो ।
वेरोजगार युवाहरुलाई रोजगार दिने र कामदाको अभाव भएका उद्योगहरुमा दक्ष कामदार उपलव्ध गराउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको हो । सो मेलामा काठमाडौं सहित विभिन्न जिल्लाका रोजगार दाताहरुको सहभागिता रहेको छ । वृत्ति परामर्श तथा रोजगार मेलामा वृत्ति विकास सम्वन्धी परामर्श सेवा तथा जनाकारी दिईने, सीपमुलक तालीम दिने संस्थाहरुको प्रदर्शनी तथा तालीमवारे जानकारी दिईने प्रमुख वनले वताउनु भयो । यस्तै मेलामा रोजगार सम्बन्धी सुचना दिईनुका साथै रोजगारदाता संग प्रत्यक्ष सम्पर्क गराईने, निशुल्क संञ्चालन हुने आधारभूत सीपमूलक तालीमको वारेमा जानकारी गराईने, रोजगारको अवसर प्रदान गरिने र स्थानीय उत्पादनको प्रर्दशन गएको छ ।
रोजगारीको खोजिमा रहेका युवालाई लक्षित गर्दै संञ्चालन गरिएको सो कार्यक्रममा २ हजार ५ सय देखि ३ हजार जना युवाहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । मेलावाट १ हजार ५ सय जनाले वृत्ति परामर्श सेवा लिने छन् ।
परामर्श लिएका मध्ये १ सय ५० देखि २ सय जनाले रोजगारी प्राप्त गर्ने लक्ष्य लिईएको छ । वनले रत्ननगर आसपासका क्षेत्रमा तत्कालका लागि ६ सय जना भन्दा वढि कामदारको खोजि भईरहेको जानकारी आँफुलाई प्राप्त भएको जानकारी दिनु भयो । मेलामा रोजगार दाताका ३० वटा स्टल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !