चितवनः रत्ननगर नगरपालिकामा एक बर्ष यता सार्वजनिक जग्गा संरक्षणको काम रोकिएको छ । स्थानीय तहको निर्वाचन पछि तिब्र रुपमा भएको सार्वजनिक जग्गा संरक्षणको काम प्राविधिक त्रुटीका कारण रोकिएको थियो ।
बुधवार आयोजना गरिएको आर्थिक २०७५÷०७६ को अन्तिम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले सार्वजनिक जग्गा संरक्षणको विषयमा चासो व्यक्त गरेका छन । प्रमुख साव सार्वजनिक जग्गा संरक्षणको काम किन रोकियो भन्दै प्रश्न माथी प्रश्न गरेका छन । सार्वजनिक जग्गा संरक्षणको काम किन रोकियो प्रश्न गर्दै उनीहरुले भने तपाई सक्रिय भएर लाग्नु होस साथ हामी दिन तयार छौं ।
उनीहरुले सार्वजनिक जग्गा संरक्षणको कामलाई निरन्तता दिन पनि मेयर नारायण वनलाई आग्रह गरेका छन । हाजिपुर टोल विकास संस्थाका अध्यक्ष वलराम थापाले सार्वजनिक जग्गा संरक्षणको काम किन रोकियो भन्दै प्रश्न गरेका थिए । यो काम किन सिथिल भयो उनले भने तपाई अगाडि बढनुहोस साथ हामी दिन तयार छौं । सरसफाईको अभियान्ता ज्ञानेन्द्रराज पाण्डेले सार्वजनिक जग्गा संरक्षणको लागि निडर भएर काम गर्न प्रमुख नारायण वनलाई आग्रह गरेका थिए । कार्यक्रममा सार्वजनिक जग्गा संरक्षण,पूर्वाधार निर्माण,कालोपत्रे सडक,ढल निर्माण,निर्माण प्रक्रियामा हुने कमजोरी,शिक्षा,स्वास्थ्य र खानेपानीको विकासको विषयमा नगरका अगुवाहरुले जिज्ञासा राखेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु शंकरसिंह तामाङ, तिलक शर्मा पौडेल, गुप्तनाथ भट्टराई, रविन्द्र चौधरी, कृष्ण चौधरी, वलराम दाहाल, राजन भट्ट, विनोद बस्नेत, केशव आचार्य, शशीभक्त न्यौपाने, वीरबहादुर पाख्रिन, चित्रबहादुर भण्डारी, हरिकुमार श्रेष्ठ, हुमनाथ लामिछाने र हेमराज थापाले नगरवासीको प्रश्नको जवाफ दिएका थिए । नगरवासीको प्रश्नको जवाफ दिंदै मेयर नारायण वनले नगरवासीको साथ पाए एक बर्ष भित्र १०० विगहा सार्वजनिक जग्गा संरक्षण गर्ने बताउनुभयो ।
अहिले सम्म नगरपालिकाले करिब ३० विगहा सार्वजनिक जग्गा संरक्षण गरिसकेको भन्दै मेयर वनले साथ र सहयोग पाए एक बर्ष भित्र १०० विगहा सार्वजनिक जग्गा संरक्षण गर्ने स्पष्ट पर्नुभयो । प्रमुख वनले नगरवासीलाई स्थानीय सरकारको अनुभूति दिलाउन सुत्केरी पशुलाई भत्ता,गरिवलाई जस्तापाता,ज्येष्ठ नागरिकलाई घरघरमै उपचार,फ्रि वाईफाई,गौशाला निमाणको काम सुरु भइसकेको र सौराहाचोकमा आकासे पुल र सौराहामा पर्यटकीय वसपार्क निर्माणको प्रक्रिया सुरु भइसकेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले चालु आवमा नगरपालिकाले सम्पादन गरेका काम र भएको विकास निर्माणको विषयमा जानकारी गराउनु भयो ।
कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी,नेकपाका नगर इन्चार्ज रामशरण कुँवर,नेपाली कांग्रेसका नगर सभापति रुपनराज घिमिरे,राष्ट्रिय जनमोर्चाका मेघराज ढकाल,जनगणतान्त्रिक मोर्चाका मोदनाथ मरहठ्ठा, रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भीष्मराज पौडेल लगायतले वोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !