चितवनः दि टिम्बर कर्पोरेसन नेपाल लिमिटेडमा निर्माण भएको काठ सिजनिङ र ट्रिटमेन्ट प्लान्ट जनचेतनाको अभावका कारण प्रयोग विहिन वनेको छ । नेपालमानै पहिलो पटक स्थापना गरिएको यस प्लान्टवाट उत्पादीत काठको महत्व वारे जनतालाई बुझाउन नसक्दा अहिले प्रयोग विहिन जस्तै बनेको हो ।
नेपाल सरकारको रु. २ करोड ५० लाख अनुदानमा निर्माण गरि संञ्चालनमा ल्याईएको सो प्लान्ट अहिले आवश्यक काठ प्राप्त गर्न नसक्दा र यसवाट उत्पादीत काठले वजार नपाउँदा वन्द अबस्थामा रहेको छ । जिल्लामा काठको माग वढ्ने तर यसवाट उत्पादीत काठको प्रयोग गर्ने सेवाग्राही नहुँदा समस्या आएको कार्यालयका निमित्त प्रमुख हिमलाल वरालले जानकारी दिनु भयो ।
वरालका अनुसार वि. सं. २०७५ साल भदौ २९ गते परिक्षण गरिएको सो प्लान्ट सोहि सालको फागुनवाट पूर्ण रुपमा संञ्चालनमा आएको थियो । संञ्चालनमा आए लगत्तै १० पटक ट्रिटमेन्ट र दुई पटक सिजनिङ्को काम गरे पछि अहिले सो प्लान्ट संञ्चालनमा आउन सकेको छैन ।
यहाँ सालको काठ प्रति क्युफिट रु ३ हजार ८ सय पर्दछ भने प्रशोधन भएको काठ रु २ हजार देखि रु २ हजार ४ सय सम्म पर्ने वरालले वताउनु भयो । मूल्य सस्तो पर्ने भए पनि सर्वसाधारणमा जनचेतनाको अभावमा काठ विक्रि हुन सकेको छैन । कार्यालयले परिक्षण पछि १ हजार चार सय क्युफिट प्रशोधन गरेकोमा ३ सय क्युफिट मात्र विक्रि भएको छ । प्लान्ट संञ्चालनमा आए लगत्तै १० पटक ट्रिटमेन्ट र दुई पटक सिजनिङ्को काम गरे पछि अहिले सो प्लान्ट संञ्चालनमा आउन सकेको छैन ।
यस प्लान्ट मार्फत एक पटकमा सिजनिङ् गर्दा १० दिनमा ७ सय म्कूफिट र ट्रिटमेन्ट गर्दा ४ घण्टामा २ सय क्यूफिट काठ उत्पादन गर्दै आएको छ । एक वर्ष अगाडि नरम जातका काठलाई सिजनिङ र ट्रिटमेन्ट गरी गुणस्तर बृद्धि गर्ने उद्देश्यसहित सरकारी स्तरबाट नेपालमा पहिलो पटक निर्माण गरिएको हो ।
असना, कर्मा, जामुन, सिसौ, आँप लगायतका नरम जातका काठलाई टिकाउ र धमिरा लाग्नबाट जोगाएर सालको अभाव परिपुर्ती गरी सालमा देखिएकोे निर्भरता घटाउने उद्देश्यका साथ यो प्लान्ट निर्माण गरिएको हो ।
कार्यालयको तथ्याङ्क अनुसार प्लान्ट निर्माण कार्य पुरा भएको १ वर्षमा जम्मा १ हजार ३ सय ५९ क्युफिटमात्रै काठ सिजनिङ र ट्रिटमेन्ट भएको छ । प्लान्टबाट उत्पादित काठ हालसम्म २ सय क्युफिट मात्रै बिक्रि भएको वरालले बताउनु भयो । वजारमा यसका लागि आबश्यक पर्ने काठको अभाव हुनु र जन स्तरमा यसको प्रयोगका बारेमा जानकारी नहुनुले प्लान्टबाट उत्पादित काठको प्रयोग हुन नसकेको उहाँले जानकारी दिनु भयो ।
प्लान्ट नियमित संञ्चालनमा आउन नसक्दा प्लान्टका लागि ल्याईएको केमिकल पनि यतीकै रहेको उहाँले बताउनु भयो । बार्षिक योजना अनुसार ६२ हजार ५ सय क्युफिट नरम जातका काठ सिजनिङ र ट्रिटमेन्ट गर्ने लक्ष्य अनुसार त्यसका लागि आबश्यक ९ हजार केजी केमिकल ल्याईएको भए पनि सो अहिले थन्किएर वसेको उहाँ बताउनु हुन्छ ।
अहिले काठ आयात र वजार व्यवस्थापनका लागि कार्यालयले प्लानिङ् सुरु गरेको छ । जनस्तरमा सिजनिङ र ट्रिटमेन्ट गरीएका काठको फाईदाको वारेमा जानकारी गराउन सकेमा मात्रै प्लान्टको उत्पादनले काम गर्ने उहाँको भनाई छ । यस काठको प्रयोग गर्दा सस्तो मुल्यमा पाईने, नपसाङ्गीने, अन्य काठ भन्दा वढि खपत हुने उहाँले बताउनु भयो ।
जिल्लामा सालको काठ प्रयोग गर्ने सेवाग्राही वढि भएका कारण यस तर्फको आकर्षण वढ्न नसकेको उहाँले जानकारी दिनु भयो ।