चितवनः नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिमा देखएको बिबाद उत्कर्षमा पुगेको छ । गत जेठ २४ भएको साधारण सभामा केहि गैर सदस्यहरुको प्रयोग गरि साधारण सभा भाँडीएको भन्दै पोल्ट्रि व्यवसायीहरुले आपत्ति जनाएका छन् । नेपाल पोल्ट्री महासंघ, नेपाल कुखुरा व्यवसायी मञ्च, नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समिति, नेपाल कुखुरा वजार व्यवस्थापन संघ केन्द्रीय समिति, नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समिति, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघ केन्द्रीय समिति, नेपाल दाना अण्डा कुखुरा वितरक संघ केन्द्रीय समिति, नेपाल ह्याचरी उद्योग संघ चितवन, नेपाल दाना उद्योग संघ चितवन र कुखुरा व्यवसायी संघ पूर्वी चितवनले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी सो घटना प्रति ध्यानाकर्षण भएको जनाएको हो ।
संघको बिधि बिधान विपरित समानान्तर समिति गठन गरिएको भन्दै पत्रकार सम्मेलनमा सो संस्था बैधानीक नभएको जानकारी दिईयो । नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले पत्रकार सम्मेलनमा बोल्दै साधारण सभाको मञ्च कव्जा गरि जवरजस्ति राजीनामा दिन लगाईएको भन्दै संघको कार्यालयको सुरक्षाको माग समेत गर्नु भएको छ । सबै संस्थाहरु एकै स्थानमा भएका कारण सुरक्षित महशुश गर्ने बातावरण तया गर्न स्थानीय प्रशासन संग आग्रह गरिएको छ । कुनै व्याक्तिलाई पद चाहिदैमा संस्थाको बिधान मिच्न नमिल्ने उहाँको भनाई थियो ।
पत्रकार सम्मेलनमा वोल्दै उहाँले अहिले पोल्ट्री क्षेत्र नै धरासाही वन्दै गएको समयमा अण्डाको मुल्य नआउनु स्वभाबिक रहेको बताउनु भयो । अहिले अण्डा उत्पादक संघमा देखिएको विवाद सामान्य रहेको बताउँदै उहाँले अण्डाको मुल्य तोक्ने काम संघको नभएको बताउनु भयो । समर्थन मुल्य संघले तोक्ने भए पनि त्यो वास्तबिक मुल्य नभएको अण्डा उत्पादक संघका केन्द्रय अध्यक्ष त्रीलोचन कडेंलले बताउनु भयो । संघमा देखिएको बिबाद सिमित व्याक्तिको निहित स्वार्थका लागि भएको उहाँले बताउनु भयो । वजारमा कुखुरा जन्य उत्पादनमा वडफ्लु देखिएको हल्ला संगै वजार विग्रिदै गएको उहाँको भनाई थियो । आँफुलाई घेरावन्दिमा पारि राजिनामा दिन लगाईएको उहाँले बताउनु भयो ।
पत्रकार सम्मेलनमा नेपाल कुखुरा व्यावसायी मञ्चका अध्यक्ष टिकाराम पोख्रेलले अहिलेको अबस्थामा कुखुराको चल्ला देखि कुने पनि उत्पादनले वजार पाउन नसकेको वताउनु भयो । पछिल्लो समय वजारको माग भन्दा उत्पादन वढि भएकाले समर्थन मुल्य कम भए पनि विस्तारै उकालो लाग्दै गएको उहाँले बताउनु भयो । यो समयमा अहिलेको समयमा नै भएको समितिलाई बैधानिकता दिदै अन्य समितिहरुको औचित्य नरहेका वताएको छन् ।
सो विषयमा समानान्तर समितिका अध्यक्ष शिबराम केसिले हाउसमा राजिनामा दिए पछि समितिलाई रिक्तता राख्न नहुने भन्दै कार्यसमिति गठन गरिएको बताउनु भयो । आँफुहरुलाई आरोप मात्रै लगाईएको उहाँको भनाई थियो । विसम परिस्थितिलाई नेतृत्व लिने काम गरेको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !