चितवनः लायन्स क्लव ईन्टरनेशनल फाउण्डेसनले भरतपुर आँखा अस्पताललाई एक करोड ५२ लाख रुपैंया वरावरमो उपकरण हस्तान्तरण गरेको छ । नेपाल नेत्रज्योति संघ चितवनले आज यहाँ एक कार्यक्रमको बिच फाउण्डेसनले सो रकम वराबरको दुई वटा महत्वपूर्ण उपकरण हस्तान्तरण हो । फाउण्डेसनका तर्फबाट यस परियोजनाका प्राबिधिक सल्लाहाकार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)का उपकुलपती प्रा.डा. देवनारायण शाह र परियोजनाका अध्यक्ष प्रा. जयहरिराज पाण्डेले संघका सभापति एबं अस्पतालका अध्यक्ष कृष्णराज धरेललाई ती उपकरण हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा आँखाको रेटीनाको शल्यक्रिया गर्दा प्रयोग हुने अप्रेटिङ् माईक्रोस्कोप र भिट्रेक टोमी हस्तान्तरण गरिएको हो । कार्यक्रममा दिईएको जानकारी अनुसार माईक्रोस्कोप रु ८२ लाख र भिटे«क टोमी रु ६९ लाखमा खरिद गरिएको हो । दुबै उपकरणका लागि लायन्स क्लवले ७५ प्रतिशत खर्च सहयोग गरेको छ भने वाँकी आँखा अस्पतालले जुटाएको हो । अस्पतालका पूर्ब अध्यक्ष एबं नेपाल नेत्रज्योति संघका केन्द्रिय कोषाध्यक्ष चिजकुमार मास्केका अनुसार लायन्स क्लव ईन्टरनेशनलको सहयोगमा आँखाको क्षमता परिक्षण गर्ने अप्टिकल वायोमेट्री र आँखाको सिटिस्क्यान गर्ने ओसिटि उपकरण खरिद गरिदै छ । ती दुई उपकरण खरिद गर्न रु २ करोड २५ लाख लाग्ने छ । जसका लागि लायन्सले रु ८० लाख हाराहारी वेहोर्ने जनाएको छ । अन्य रकम जुटाएर ती उपकरण भित्र्याईने मास्केले जानकारी दिनु भयो । यी उपकरण भित्रिए संगै आँखाको उपचारमा थप सहजता हुने अस्पतालका अध्यक्ष धरेलले बताउनु भयो । नेपाल नेत्रज्योती संघले बि. सं.२०४४ सालमा स्थापना गरेको भरतपुर आँखा अस्पताललाई लायन्स क्लवहरुले सहयोग गर्दै आएका छन् । अस्पतालले हरेक वर्ष २ लाख भन्दा वढि बिरामीको उपचार गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !