चितवनः युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार(विश्वकर्मा)ले नेपाली खेलाडीहरुले प्रतिकुलताका बाबजुत पनि देशका लागि खेलिरहेको बताउनु भएको छ । एभरेष्ट क्लव चितवनले आज देखि सुरु गरेको पाँचौ चितवन च्याम्पीयन सिप २०७६ को उद्घाटन गर्नु हुँदै उहाँले देशमा प्रयाप्त खेल मैदान नहुँदा पनि खेलाडीहरुले खेलि रहेको बताउनु भयो । सरकारले खेल क्षेत्रको बिकासका लागि सात प्रदेशमानै रंगशाला निर्माण गर्ने तयारी थालेको उहाँको भनाई थियो । खेल क्षेत्रको बिकासले मात्रै देशमा संम्बृद्धी सम्भव रहेको बताउनु उहाँले बताउनु भयो । खेल क्षेत्रको बिकासका लागि सरकार लागि परेको भन्दै उहाँले मोफसलमा हुने यस्ता प्रतियोगिताले खेल क्षेत्रको बिकासमा महत्वपूर्ण भुमीका खेल्ने वताउनु भयो । खेल क्षेत्रलाई अघि वढाएर प्रतिस्पर्धी वनाउन सरकार लागि परेको भन्दै उहाँले सरकारले खेलाडीहरुको योगदानको कदर गर्दै आजीवन भत्ताको व्यवस्था गरेको उहाँको भनाई थियो । खेलाडीहरुको भविश्य सुनिश्चित नभए सम्म युवा पुस्ताको खेल तर्फ आकर्षण वढ्न नसक्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो “खेल क्षेत्रमा युवा पुस्ताको आकर्षण घट्यो भने खेलाडीले देशका लागि खेल्न सक्दैनन ।” राज्यले खेलाडीहरुको स्वास्थ्य बिमा, जीवन विमा, दुर्घटना बिमा लगाएका काम गरिदिने बताउँदै उहाँले खेललाई व्यवसायीक र पेशाको रुपमा अघि वढाउन आबश्यक छ भन्नुभयो । खेल क्षेत्रको बिकासका लागि सरकारको मात्रै एकल प्रयास सम्भव नरहेको मन्त्री विश्वकर्माको भनाई थियो । खेल क्षेत्रको समस्याहरुलाई चिर्दै सम्भावना र अनुकुलतालाई हेरेर त्यसको सदुपयोग गर्नु आजको आबश्यक रहेको उहाँको भनाई थियो । कार्यक्रममा चितवन जिल्ला फुटवल संघका अध्यक्ष श्रीकृष्ण कार्की, क्लवका सल्लाहाकार सन्तोष पनेरु लगाएतले बोल्नु भएको थियो । प्रतियोगितामा चितवनका आठ सहित १६ समूहको सहभागीता रहेको छ । आजको पहिलो खेल भरतपुर फुटवल क्लव र साविक बिजेता गैंडाकोट फुटवल क्लव बिच भएको छ । प्रतियोगिता सर्बाधिक रासिको रहेको छ । यसै बिच मन्त्री विश्वकर्माले रामपुरमा बन्दै गरेको रंगशाला निर्माणमा सबैले साथ र सहयोग गर्नु पर्ने बताउनु भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १५ मा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्दै गरेको रंगशालाको आज निरिक्षणका क्रममा बोल्दै उहाँले बिकास र संम्बृद्धिमा साना तिना अवरोधहरु आउने भए पनि समस्या समाधान गर्दै अघि वढ्नु पर्ने बताउनु भयो । चितवन वासीको सक्रिय सहभागितामा वन्न लागेको रंगशालाको सहयोगका लागि सरकार तयार रहेको पनि उहाँले बताउनु भयो । उहाँले भन्नुभयो “रंगशाला निर्माणमा व्याकवोनको रुपमा सरकार रहेको छ ।” नीजि क्षेत्रबाट जुन उत्साहका साथ काम भईरहेको छ यसमा आँफु उत्साहीत भएको भन्दै मन्त्री विश्वकर्माले यस रंगशला वने संगै नेपालको खेलकुद बिकासमा महत्वपूर्ण टेवा पुग्छ भन्नुभयो । यहि जेठ १५ गते रंगशालाको वार स्थानीयले डोजर लगाएर भत्काए पछि हाल काम रोकीएको छ । फाउण्डेशनले झण्डै ३ अर्वको लगानिमा सहयोग जुटाएर रंगशाला निर्माण थालेको हो ।

प्रतिक्रिया दिनुहोस !