नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले आजका लागि तय गरेको १५ औं साधारण सभा स्थगित भएको जनाएको छ । संघका अध्यक्ष त्रिलोचन कडेंलले एक बिज्ञप्ति जारी गर्दै आजको सभा केहि आधिकारीक सदस्य र केहि अनाधिकृत व्याक्तिहरुले बिथोल्ने काम गरेको भन्दै अर्को सुचना जारी नभए सम्मका लागि सभा स्थगित भएको जनाउनु भएको हो । कार्य समितिको वैठकको निर्णय अनुसार सुचना जारी अर्को साधारण सभा वोलाईने बिज्ञप्तिमा उल्लेख छ ।
साधारण सभा सुरु हुनु अघि अनाधिकृत व्याक्तिहरु प्रबेश गरि होहल्ला गरि, स्टेज कव्जा गर्ने काम गरेको भन्दै विज्ञप्तिमा संस्था दर्ता ऐन २०३४ अनुसार स्थापित र संञ्चालीत संस्थाको निर्वाचित कार्यसमितिबाट हुन लागेको १५ औं साधारण सभामा गैर सदस्यहरुको भिड जम्मा गरि विधि प्रकृया विपरित साधारण सभा बिथोल्ने काम भएको घटनामा संलङ्न हुने व्याक्तिको पहिचान गरि कारवाहिका लागि समेत माग गरीएको छ ।

 

प्रतिक्रिया दिनुहोस !