कालिका नगरपालिका चितवनको आयोजनामा कालिका नगरपालिका स्थानिय न्यायिक समितिद्घारा संचालित ५ दिने मेलमिलाप सम्वन्धी उच्च (एड्भान्स) तालिम संचालन भएको छ । समाजमा मेलमिलाप भए स्थानीय विकासले गतिलिने उदेश्यका साथ शुक्रबार देखि वडा स्तरीय मेलमिलाप केन्द्रका संयोजक एवं सदस्यहरुलाई सो तालिम दिन लागिएको हो ।

तालिमको उद्घाटन समारोह कार्यक्रममा नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले नगरपालिका क्षेत्रका कामहरु संचालन गर्दा विवादरहित तरिकाको होस र आफ्नै क्षेत्रमै मेलमिलाप होस् भनेर मेलमिलाप सम्वन्धी तालिम संचालन गर्न लागेकोे बताए ।
कार्यक्रममा तालिममा सहभागी कालिका नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्ष र मेलमिलाप केन्द्रका सदस्य हरुले आफ्नो भनाई राखेका थिए ।
प्रमुख प्रशिक्षक बन्दुराज पौडेल, सहायक प्रशिक्षक सुदर्शन अधिकारी, रामकृष्ण महतो लगायतले मेलमिलाप सम्बन्धी तालिम दिनेछन् ।








