
चितवनः नेपाली काँग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले जागरण अभियानले आम कार्यकर्तामा सम्बादको थालनी भएको बताउनु भएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले अभियान काँग्रेस सुधारका लागि प्रारम्भ भएको पनि बताउनु भयो ।
जागरण अभिभयानले काँग्रेसको गाडीलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “काँग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्यावलेट हो ।” यो मार्फत काँग्रेसले गति लिएको भन्दै उहाँले थप्नु भयो “काँग्रेसको गाडी स्टाट भयो । हिजो ड्राईभरहरु मात्रै कुदेको देखिन्थ्यो । अव गाडी स्टाट भएको छ दोस्रो चरणमा पुग्दा गाडी राजमार्गमा आउँछ र तेस्रो चरणमा पुग्दा गति लिन्छ ।” समग्रमा जागरण अभियान सफल भएको उहाँले बताउनु भयो ।
अभियानका क्रममा आम जनतामा नैरास्यता मात्रै पाएको बताउँदै उहाँले देशलाई संम्बृद्ध वनाउँदै लोकतन्त्रको रक्षा काँग्रेसले मात्रै गर्न सक्ने दावी गर्नु भयो । शर्माले भन्नुभयो “जनतामा अहिले निरासा छाएको छ । यसलाई आशामा वदल्ने काम काँग्रेसले गर्नु पर्छ । यसका लागि हामी निरन्तर लागेका छौ ।”
पहिलो चरणको जागरण अभियानको काम ८५ प्रतिशत गाउँ तहमा सम्पन्न भएको उहाँको भनाई थियो । आगामी भदौ २४ गते देखि असोज ७ गते सम्म दोस्रो चरणको कार्यक्रम हुने शर्माले वताउनु भयो । तेस्रो चरणको कार्यक्रम पुस ७ गते देखि १६ गते सम्म हुने छ ।