चितवनः रत्ननगरको सौराहामा चार दिने सामुदायिक विपद् व्यवस्थापन तालिम सुरु भएको छ । रत्ननगर नगरपालिका वडा नं ५, ६ र ७ को सहयोगमा नेपाली सेना श्री नं २ गणले आयोजना गरेको सो आयोजना गरिएको हो ।
तालिमको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले उद्घाटन गर्नु भयो । सो अबसरमा उहाँले विपद् पूर्व गर्नुपर्ने तयारी र विपद् पछि गर्नुपर्ने कामका लागि नगर भित्र खोज तथा उद्दार टोल बनाउने बताउनु भयो । विपद्को बेला सम्भावित जोखिम न्यूनीकरणको लागि नगरपालिकाले युवाहरुलाई तालिम र उद्दार सामाग्रीको व्यवस्थापन गर्ने उहाँले बताउनु भयो । कार्यक्रममा विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नं ६ का वडा अध्यक्ष बलराम दाहालले समुदाय स्तरमा विपद् जोखिम न्यूनीकरणको लागि खोज तथा उद्दार टोल निर्माण गर्न तालिम आयोजना गरिएको बताउनु भयो । वडा नं ७ का वडा अध्यक्ष लालबहादुर भट्टले सौराहा बाढीबाट आक्रान्त क्षेत्र भएकाले जोखिम न्यूनीकरणको लागि जनशक्ति तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनु भयो ।
गणका प्रमुख सेनानी राजेन्द्र पराजुलीले कार्यक्रमको उद्देश्यको बारेमा प्रकास पार्नु भएको थियो ।