चितवनः रत्ननगर नगरपालिकाले सर्लाहीको गौडेता नगरपालिकाका जनप्रतिनिधिहरुसंग विकास निर्माण सुसासनका विषयमा छलफल गरेको छ । भ्रमणमा रहेको जनप्रतिनिधिहरुको टोलीसंग रत्ननगरमा गरिएमा काम र गौडेता नगरपालिकामा भएको कामको विषयमा अन्र्तक्रिया गरिएको थियो ।
गौडेता नगरपालिकाका जनप्रतिनिधिहरुको टोलीलाई रत्ननगरका प्रूमुख नारायण वनले स्वागत गर्नु भएको थियो । उहाँले दुई बर्षको अबधिका रत्ननगरले गरेका विकास निर्माण, पर्यटन, कृषि, स्वास्थ्य, पशुपालन, जीविकोपार्जन, धर्मसंस्कृतिको संरक्षणको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो । प्रमुख वनले नगरभित्रका अधिकाँस सडक कलोपत्रे गर्ने, शिक्षा तर्फ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन,स्वास्थ्य तर्फ ज्येष्ठ नागरिकको घरघरमै स्वास्थ्य परीक्षण र रत्ननगर अस्पतालमा सेवा सुधार,पशुपालनको विकासको लागि अनुदान,गौशाला निर्माण,कृषिमा अनुदान र औजार वितरण,संस्कृति संरक्षणको लागि विभिन्न जातजातीको परम्परा झल्किने घर सहितको होमस्टे तथा इको पार्क निर्माण कार्य भइरहेको जानकारी दिनु भयो ।
कार्यालय सञ्चानलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग, विभिन्न ठाउँमा फ्रि वाइफाई सुरु भइसकेको र बुधवार देखि अनलाईन मार्फत घर नक्सा पास सुरु गर्ने वनले बताउनु भयो । कार्यक्रममा गौडेता नगरपालिकाका वडा नं १ का वडा अध्यक्ष रमेशकुमार यादवले सो नगरपालिकाले गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल,प्रबक्ता राजेन्द्र हमाल,वडा अध्यक्ष हेमराज थापा,कृष्ण महतो लगायतले सहभागिता रहेको थियो ।