
चितवनः हाम्रो दृष्टि राम्रो दृष्टि नामक सामाजिक संस्थाको आयोजनामा राप्ती नगरपालिकाको परेवा कोटमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । “सामाजिक रुपान्तरणमा युवा अभियान“ भन्ने नाराका साथ समाज परिवर्तनमा लागेका युवाहरुको सक्रयतामा परेवाकोट स्थित आधारभूत बिद्यालयमा अध्ययनरत १ सय ५० जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
चितवन समाज इजरायलको आर्थिक सहयोगमा सम्पन्न गरिएको सो कार्यक्रममा विद्यार्थीहरुलाई झोला कापी, कलम लगायत अन्य शैक्षिक सामग्री वितरण गरिएको थियो । त्यहाँका विद्यार्थीहरूको विद्यालय प्रतिको धारणालाई परिवर्तन गर्दै निरन्तर विद्यालय आउने बातावरण तयार गर्न यस कार्यक्रमको आयोजना गरिएको हो । संस्थाका सचिव रोहन बगालेका अनुसार आगामी दिनमा पनि यसैगरी गरिव, असहाय, अनाथ लगायत पिछडिएका वर्गका बालबालिकाहरूलाई विद्यालय जाने वातावरण तयार गरिने छ ।
बिद्यार्थीहरुलाई बिद्यालयबाट वन्चित हुन नपरोस भनेर दुर्गम क्षेत्रमा अन्य रचनात्मक कार्यक्रमहरु गर्ने उद्धेश्य राखिएको अध्यक्ष बसन्त गैरेले जानकारी दिनु भयो ।