चितवनः विश्व वातावरण दिवसको अवसरमा आयोजित ‘वातावरण र यसको संरक्षण’ विषयक दुई दिने सेमिनार अन्तरतग आज महिलाहरुलाई प्रशिक्षण दिइएको छ ।
चितवनका युवाहरुको संघसंस्थाको छाता समूह टिम चितवनको आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनको सहयोगमा भरतपुरस्थित क्यान्सर अस्पतालको सभाहलमा भएको सेमिनारमा घरबाट निश्किने फोहोर व्यवस्थापनका बारेमा भरतपुरको वडा नं.१ देखी १२ का महिलाहरुलाई प्रशिक्षण दिईएको हो ।
कार्यक्रममा वातावरण विद डा. अनुप गुरुङ, सुशील कुमार कार्की र तुलसा ज्ञवालीले घरबाट निश्किने फोहोरबाट उपयोगी वस्तु बनाउन सकिने बारे जानकारी गराउनु भएको थियो । उहाँहरुले वातावरण संरक्षण र यसको महत्वको बारेमा आफ्नो प्रस्तुती दिनु भएको थियो । कार्यक्रममा करिव पाँच सयको हाराहारीमा महिलाहरुको सहभागिता रहेको कार्यक्रम संयोजक रेशमराज थापा (ऋषि)ले जानकारी दिनु भयो ।
यसवर्ष ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने नाराका साथ जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाईदै छ । कार्यक्रममा आयोजक संस्थाहरु स्माइल नेपालका संयोजक सन्तोष पन्त, दारी ग्याङ चितवन संयोजक रेशम अधिकारी, हेल्प फर ह्यापिनेसका संयोजक नविन तिवारी र एम. डब्लु. आर. आरका कृष्ण शर्मा, एक्सपोट एजुकेसनका प्रवन्धनिर्देशक डिल्लीराम अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !