चितवनः काँग्रेसलाई वलियो वनाउनका लागि भातृ संस्था कृयाशिल हुन आबश्यक रहेको काँग्रेस नेताहरुले बताएका छन् । काँग्रेसले संञ्चालन गरेको जागरण अभियान अन्तर्गत नेपाल तरुण दल चितवनले आज यहाँ आयोजना गरेको अवको राजनितिमा तरुणको भूमिका बिषयक प्रवचन कार्यक्रममा बोल्ने नेताहरुले यस्तो बताएका हुन ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा बोल्ने बक्ताहरुले भातृ संस्थाहरु चलायमान हुन नसक्नु विडम्बना भएको बताएका थिए । भातृ संस्थाहरुलाई चलायमान वनाउन नसक्दा काँग्रेसको अबस्था दयानिय भएको भन्दै चुस्त दुरुस्त वनाउन आबश्यक रहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा बोल्ने नेताहरुले अवको राजनितिमा तरुणहरु एक भए काँग्रेसलाई जगाउन आबश्यक रहेको बताएका थिए । तरुण नजागे सम्म काँग्रेस जागेर नहुने भन्दै उनीहरुले तरुणलाई चलायमान वनाउँदै वर्तमान सरकारका गलत कामको भण्डाफोर गर्न आबश्यक रहेको बताएका हुन ।
तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशी, महासमिति सदस्य राजेश्वर खनाल, सम्भू अर्याल, काँग्रेस चितवनको तरुण बिभाग प्रमुख प्रल्हाद सापकोटा लगाएतले बोल्नु भएको थियो ।