चितवनः पश्चिम चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएर भत्काएको आरोपमा पक्राउ परेका १४ जना रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडीएको हो । हाँजिरी जवानीमा आवश्यकता अनुसार बोलाउने गरी छाडिएको उहाँले बताउनु भयो । जमानीमा छुट्नेमा तुलसी गुरुङ, देव तामाङ, राजु सापकोटा, कोपिला सापकोटा, राजन सापकोटा, सञ्जु गुरुङ, कृष्ण कँडेल, दीपक आचार्य, देव गुरुङ, विपीन भट्टराई, मञ्जु चापागाईं, पारू परियार, यशोदा पौडेल, ईश्वरी माया तामाङ छन् ।
रेग्मीका अनुसार मुलुकी अपराध संहितमा उल्लेख भएको व्यवस्था अनुरुप अनुसन्धान अधिकृतले हिरासतमा नराखी हाजिरी जमानीमा छाड्न सक्ने प्रावधान रहेको छ । सरकारी वकिलको सल्लाहा अनुसार उनीहरुलाई सोही प्राबधानमा टेकेर उनीहरुलाई रिहा गरिएको हो ।
डोजर काण्डका मूख्य अभियोगी प्रकाश कँडेलसहित चार जनालाई भने हिरासतमानै राखेर अनुसन्धान भईरहेको छ । हिरासतमा हुनेमा भैरव वास्तोकोटी, धुव्र चापागाईं, सुरेन्द्र विके रहेका छन् । उनीहरुलाई जिल्ला अदालत चितवनमा मुद्धा दर्ता गरी ७ दिनको म्याद लिएर थुनामा राखिएको रेग्मीले वताउनु भयो ।
रंगशाला निर्माणस्थल वरपरका केही स्थानीयले पक्राउ परेका व्यक्तिहरु रिहाईको माग गर्दै वडा नम्बर १६ को कार्यालयमा धर्ना दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !