चितवनः पूर्वी चितवनको रत्ननगर नगरपालिकाले रोजगारी सृजना गर्ने उद्देश्यले यही जेठ ३१ गते बृत्ती परामर्श तथा रोजगार मेला गर्ने भएको छ । रोजगार दाता र वेरोजगार युजाहरु बीच प्रत्यक्ष अन्र्तक्रिया गरी रोजगारी प्रदान गर्न मेलाको आयोजना गरिएको प्रमुख नारायण वनले जानकारी दिनुभयो ।
मेलामा वेरोजगार युवा,रोजगारदाता र परामर्श दाताको सहभागिता रहने छ । कार्यक्रममा विभिन्न स्टलहरु राखेर काम खोजिरहेका युवाहरुको क्षमता,चाहना बुझ्ने,उद्योगहरुमा आवश्यक परेको जनशक्तिको बारेमा अन्र्तक्रिया गरिने छ । कार्यक्रममै बेरोजगार युवाहरुलाई रोजगारीको अबसर प्रदान गर्ने प्रमुख वनले बताउनु भयो । काम लगाइदिनु प¥यो भनेर घर देखि नगरपालिका सम्म युवाहरुको भीड लाग्ने गरेको भन्दै प्रमुख वनले काम नपाएर भौतारिएका युवाहरुलाई अबसर प्रदान गर्न मेला आयोजना गरिएको बताउनुभयो ।
स्विस विकास सहयोगको प्राविधिक सहयोगमा चितवनमै पहिलो पटक रत्ननगर नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो । सीप सिकेर कामको खोजिमा रहेका र दक्ष जनशक्ति खोजिरहेका उद्योगका सञ्चालन बीचमा भेट गराउने उद्देश्यले कार्यक्रम गरिएको उहाँले बताउनु भयो । कार्यक्रममा रोजगारीको अबसरसंगै रोजगार सहजीकरण, स्थानीय उत्पादन र त्यसको सम्भावना, उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई स्वरोजगार बन्ने उचित परामर्श प्रदान गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस !