चितवनः कृषि तथा वन विज्ञान बिश्व बिद्यालयको दशौं स्थापना दिवसको अवसर पारेर यहि जेठ ३२ गते देखि असार ३ गते सम्म कृषि प्रदर्शनी तथा कृषक मेलाको आयोजना गरिने भएको छ । मेला विश्वबिद्यालयको रामपुरमा रहेको कृषि संकायको परिसरमा गर्न लागिएको हो ।
विश्वबिद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै विश्वबिद्यालयले पहिलो पटक यो मेला गर्न लागेको जनाएको हो । मेलाका संयोजक प्रा.डा. मनराज कोलाक्षपतिका अनुसार मेलामा कृषि संग सम्बन्धित ५० वटा स्टल रहने छन् । ती स्टलहरुमा कृषि यान्त्रीकीकरण र कृषि पदार्थ, बिउ बिजनको उत्पादक र बिक्रेता, कृषिमा सम्बन्धित बिमा कम्पनी र बैंक, कृषिको सुचना प्रबिधि, कृषि संग सम्बन्धित सरकारी र गैंर सरकारी संस्था, नर्सरी र व्यवसायीक तरकारी बिक्रेताको सहभागिता रहने उहाँले जानकारी दिनु भयो ।

हरेक वर्ष आयोजना गर्ने गरि सुरु गर्न लागिएको मेलामा हरेक दिन चितवन र आसपासका क्षेत्रमा व्यवसायीक तरकारी र फलफुल खेतिमा देखा परेका समस्याहरुको बारेमा अन्तरक्रिया गरिने छ । सो अवसरमा कृषि बैज्ञानीकहरु संग कृषकले प्रत्यक्ष रुपमा भेटेर आफ्नो समस्या राख्न सक्ने विश्वद्यिालयले जनाएको छ ।
अध्ययन अनुसन्धान र प्रसारको काम गर्ने गरि वि. सं. २०६७ असारमा स्थापना भएको सो विश्वबिद्यालयले अनुसन्धानका क्रममा प्राप्त गरेका उपलव्धिहरुलाई कृषक समक्ष पुर्याउन मेला उपयोगि हुने श्रेष्ठको भनाई छ । मेलाको सहआयोजकमा भरतपुर महानगरपालिका, प्रदेश नम्बर तीनको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय रहेका छन् भने प्रबर्धकमा उद्योग वाणिज्य संघ चितवन रहेको छ ।
मेलामा विश्वबिद्यालयले गरेको अनुसन्धानका बारेमा समेत जानकारी गराउने कार्यक्रम रहेको छ । करिब ३० देखि ४० लाखको लागतमा खर्च हुने अनुमान सहित आयोजना गरिएको सो मेलामा कृषि ज्ञान केन्द्र भरतपुरले रैथाने विउ विजनको संरक्षण र प्रबर्धनका बिषयमा समेत जानकारी गराउने छ । कृषकमा देखिएका समस्या समाधानका लागि समेत यो मेला फलदायी हुने आयोजकले बिश्वास लिएको छ ।
विश्व बिद्यालयले आँफुले गरेका अनुसन्धानका कामहलाई प्रभावकारी वनाउनका लागि पनि यो मेला आयोजन ागर्न लागिएको बिद्यालयका उपकुलति प्रा.डा. ईश्वरी प्रसाद ढकालले जानकारी दिनु भयो । ढकालका अनुसार ४५ वर्ष यता पहिलो पटक विश्वबिद्यालयको आफ्नै कार्यक्रम अन्तर्गत यो मेला सुरु गरिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !