सनद अधिकारी/चितवनः सरकारले सबै स्थानीय क्षेत्रमा बैंकको शाखा खोल्ने उदेश्यका साथ अघि वढि रहेको समयमा गरिमा बिकास बैंकले आज पश्चिम चितवनमा आफ्नो शाखा स्थापना गरेको छ ।सरकारले हरेक जनताको पहुच बैंकीङ् क्षेत्रमा पहुच पुग्नु पर्ने भावनका साथ काम गरेको यो समयमा गरिमाले आफ्नो शाखा बिस्तारको क्रमलाई तिब्र बनाएको हो । बैंकले पश्चिम चितवनको मिलनचोकमा नयाँ शाखा सुभारम्भ गरेको हो । शाखाको कार्यालयको भरतपुर महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष ज्ञान प्रसाद खनाल र बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा बरालले चितवनमा यस विकास बैंकको उपस्थिति राम्रो रहेको र ग्राहकहरुबाट समेत सकारात्मक सहयोग प्राप्त भएका कारण यस क्षेत्रमा थप शाखाहरु खोल्न सदैव उत्प्रेरित भैरहेको बताउनुभयो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंक ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिनुभयो । सोही अवसरमा वडा नम्बर २६ का वडा अध्यक्ष खनाल, वडा नम्बर १८ का अध्यक्ष दिपक लामा, बैंकका संञ्चालक भूपेन्द्र वहादुर खड्का, मिलनचोक वजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछाने लगाएतले बोल्नु भएको थियो ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखाकार्यालय स्थापना गर्ने जनाएको छ ।

बैंकले चालु आर्थिक बर्षको चैत मसान्त सम्ममा रु.३० अर्ब ३६ करोड निक्षेप संकलन गरी रु.२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । उक्त अवधिसम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !