चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड पहिरो खस्ने क्रम सुरु भएको छ । सडक निर्माणका क्रममा पहिरो रोक्नका लागि बिभिन्न कामहरु गरिएको भए पनि पहिरो झर्ने क्रम भने रोकिएको छैन ।
शनिवार राति आएको वर्षातका कारण सो सडक खण्डमा दुई स्थानमा पहिरो खसेको थियो । राति १० वजे जलविरे र पाँचकिलोमा पहिरो जाँदा सडक एक तर्फि संञ्चालनमा आएको थियो । पहिरोका कारण शनिवार राति १० वजे वाट आज विहान ११ः३० वजे सम्म सडकमा सवारी एक तर्फि रुपमा संञ्चालनमा आएका थिए । पहिरो पन्छाए संगै अहिले सवारी साधन दुई तर्फि रुपमा संञ्चालनमा आएका छन् । रातको समयमा पहिरो खसेकाले पन्छाउनका लागि समय लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।