चितवनः नेपाली काँग्रेस चितवनको स्वास्थ्य बिभागले आज पूर्बि चितवनको पिप्लेमा वृहत स्वास्थ्यशिबिर सम्पन्न गरेको छ । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको उपस्थितिमा राप्ती नगरपालिका वडा नम्बर २ पिप्लेमा स्वास्थ्य शिबिर आयोजना गरीएको हो ।
काँग्रेसले जताको स्वास्थ्य प्रति ध्यान दिदै यो कार्यक्रमको आयोजना गरेको स्वास्थ्य बिभागका प्रमुख दिनेश अधिकारीले जानकारी दिनु भयो । अधिकारीका अनुसार शिबिरमा एक हजार जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । सोहि अवसरमा १५ लाख वरावरको औषधि निशुल्क बितरण गरिएको थियो ।
नेपाली काँग्रेस राप्ती नगरपालिका वडा नम्बर १, २ र ३ को सह आयोजनामा गरिएको सो कार्यक्रममा नाक, कान घाँटी, फिजीसियन, स्त्री रोग बिशेषज्ञ, दाँन्त रोग बिशेषज्ञ, आँखा रोग बिशेषज्ञ, हाडजोर्नि रोग लगाएतका बिशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको स्वास्थ्य बिभागका सह संयोजक डा. अनिल बिक्रम कार्कीले जानकारी दिनु भयो ।
कार्यक्रमको उद्घाटनका क्रममा बोल्ने बक्ताहरु काँग्रेसलाई रचनात्मक कामका साथ जनतामाझ लैजान आबश्यक रहेको बताएका थिए । सो अवसरमा नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशी, महासमिति सदस्य भिम प्रसाद थपलिया लगाएतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !