चितवनः चितवन राष्ट्रिय निकुञ्जले आज दिउँसो नेपाली सेनालाई आक्रमण गर्ने नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै शुक्रबार साँझ वटुकदल गणमा कार्यरत नेपाली सेनाका पियुठलाई आक्रमण गरेको अन्दाजी ९ वर्षको पोथी वाघलाई नियन्त्रणमा लिईएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेद कुमार ढकालका अनुसार सो वाघलाई नियन्त्रणमा लिई घडीयाल प्रजनन् केन्द्रको आडमा रहेको काठको खोरमा राखिएको छ ।
बाघलाई नियन्त्रण गर्ने क्रममा हात्तिबाट लडेर एक पछुवा घाईते भएका छन् । ढकालका अनुसार घाईते हुनेमा वाराको कोल्वी नगरपालिका वडा नम्बर ११ घर भई निकुञ्जमा कार्यरत २६ वर्षिय देवनारायण तनहर रहनु भएको छ । घाईते तनहर हात्तिबाट लड्दा रुखमा ठोकीएको प्रहरीले जनाएको छ । उहाँको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ । अबस्था मध्यम रहेको छ ।
वाघले कार्यक्षेत्रमा रहेका पियुठ फैजाराज विकलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट बिक गम्भिर घाईते हुनु भएको छ । घाईते विकलाई उपचारका लागि काठमाडौं पठाईएको छ । बाघले विकलाई नकुञ्जको मुख्य कार्यालयवाट करिब १ सय ५० मिटर टाढा आक्रमण गरेको थियो ।
खोरमा राखिएको वाघको गतिबिधि हेर्नका लागि सिसि क्यामरा जडान गरिएको छ । वाघको गतिबिधि हेरी के गर्न सकीन्छ थप प्रकृया सुरु गर्ने ढकालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !