चितवनः नेपाली काँग्रेस नगर कार्यसमिति कालिका नगरपालिकाले बिभिन्न वाँच वुद्दे माग राख्दै कालिका नगरपालिकालाई ज्ञापनपत्र पेश गरेको छ । काँग्रेस नगरसभापति राजु श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा कालिकाका विभिन्न वडाका बासीसन्दाहरु लामो समयदेखी शुद्ध खानेपानी पिउनबाट बञ्चित हुँदा पनि नगरपालिका मौन रहनु दुर्भाग्र्यपूर्ण रहेको जनाइएको छ । उसले खानेपानीको अधिकार सुरक्षित गर्न र खानेपानी शुद्धता थप प्रबन्ध गर्न नगर समक्ष माग गरेको छ ।
अध्यक्षहरुलाई थाहै नदिई लुकाएर नगर शिक्षा ऐन जारी गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ऐनलाई सार्वजनिक गर्न र सर्वमान्य रुपमा जारी गर्न माग गरेको छ ।
त्यस्तै कालिका ३ का पुण्यप्रसाद कडुवाललगायतको नीजि जग्गामा वडा नेतृत्वबाट भएको ठाडो हस्तक्षेप बारे नगरमा लिखित जानकारी गराउँदा समेत सुनुवाईको वातावरण हुन नसक्नुले न्याय मरेको आभाष भएको काँग्रेसले जनाएको छ ।
यस्तै काँग्रेसले कालिका नगरक्षेत्र भित्र गिट्टीरबालुवाको अत्याधिक दोहन भएको प्रति नगर नेतृत्व नियन्त्रणको गर्नुको साटो नदेखेझै गरिरहेको अवस्थाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेसले आफ्नै सम्पत्तिमाथि दिनदहाडै हस्तक्षेप र लुट भईरहँदा समेत सुरक्षा दिन नसकेको भन्दै नगर प्रमुखको कार्यदिशा माथी प्रश्न उठाएको छ ।
नगरभित्र पछिल्लो समय विद्यालयलगायतको सम्पत्ति चोरी बढेको, दिनकै हत्या हिंसा बढेको भन्दै उचित सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाउन काँग्रेसले माग गरेको छ । काँग्रेसले राखेको माग सुनुवाई नभएमा चरणबद्ध आन्दोलनका कार्यक्रम संचालन गर्ने नगरसभापति राजु श्रेष्ठले बताउनु भयो ।