सरकारले मुश्लिम धर्मावलम्बीहरूको चाड ईदमा सार्वजनिक बिदा दिने भएको छ।

मन्त्रिपरिषद बैठकले गरेको निर्णय सुनाउँदै बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिदा दिने निर्णय भएको जानकारी दिएका हुन्।

ईदमा बिदा काटेको भन्दै नेपाल मुश्लिम संघले सरकारलाई आन्दोलन गर्ने चेतावनी दिएको थियो।

संघले सातै प्रदेशका मुख्यमन्त्रीलाई बिदाको व्यवस्थाका लागि पहल गरिदिन ज्ञापन पत्र बुझाएको थियो। जुन दिन चन्द्रमा देखिन्छ त्यसको भोलिपल्ट बिदा हुनेछ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नै बिदा कटौती गरेको थियो।

प्रतिक्रिया दिनुहोस !