चितवन

जिल्लामा आज दिउँसो आएको हावाहुरीका कारण तीन जना घाईते भएका छन् । भरतपुर महानगरपालिका १४ भिमषेन नगर स्थित आएको हावाहुरीका कारण एउटै परिवारका तीन जना घाईते भएका छन् ।
सुकबादुर विकको घर भत्किदा उनका श्रिमती र छोराछोरी घाईते भएका हुन । घाईते हुनेमा ३४ वर्षिया अस्मिता विक, ७ वषिर्य रोसन बिक र ११ वर्षिया आशिका विक रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । हावाहुरीका कारण सोहि क्षत्रमा १२ वटा घर पुर्ण रुपमा क्षती भएको छ भन्ने प्रहरीले जनाएको छ । अन्य घरहरुमा पनि आंशिक क्षती भएको छ ।
यस्तै हावाहुरीकै कारण नन्दलाल दाहालको दुईवटा कुखुराको खोर उडाएको छ । त्यहा पालिएका दुईहजार कुखुरा र अण्डा गरि रु २५ लाख वरावरको क्षती भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिनु भयो । यस्तै वडा नम्बर २१ नम्बर पार्वतिपुरमा सता वटा घर आंशिक रुपमा क्षती भएको छ । यता पुर्बि चितवनको खैरहनी नगरपालिका वडा नम्बर ८ नयाँ पर्शा वजारमा रहेको ग्रेट एफ एमको टावरमा क्षती पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार क्षतीको थप बिबरण आउँन बाँकी छ

प्रतिक्रिया दिनुहोस !