
चितवनः नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारले ल्याउन लागेको सञ्चार तथा मिडिया काउन्सील विधेयकले जनताको वाक स्वतन्त्रतालाई कुण्ठित गर्ने काम गरेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले राज्यले जनतालाई सेवा दिन नसके पछि उनिहरुको अभिव्यक्ति स्वतन्त्रता प्रति वन्धेज लगाउन खोजेको उहाँले बताउनु भयो ।
सरकारले ल्याएको बिधेयक जस्तको तस्तै अवस्थामा कुनै पनि कुनै पनि हालतमा पास हुन नदिने वताउँदै उहाँले भन्नुभयो “संञ्चार मन्त्रीले भने जस्तो एक, दुई, तीन यो बिधेयक पास हुन दिदैनौ । ” यसले जनताको अधिकार कुण्ठित मात्रै होईन बिस्तारै सरकार नागरिकको स्वतन्त्रता अपहरीत गर्न उद्धत भएको आरोप लगाउनु भयो ।
विधेयकलाई पत्रकारको मात्र विषय हो भन्ने गलत बुझाई फैलिएको भन्दै उहाँले यसलाई गम्भिर भएर सबै जनताले बुझ्न आवबश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो “सरकारले ल्याएको सुचना प्रबिधि बिधेयक, मिडिया काउन्सील बिधेयक यि सबैको वारेमा नागरिक तहमा भएको चर्चालाई प्रेस संग सम्बन्धित कुरा हो भन्ने बुझे प्रेस संग सम्बनिधत कुरालाई संञ्चार कर्मिसंग सम्बन्धित कुरा भन्ने लाग्यो होला, बिषय यो होईन, यो त जनताको अभिव्यक्ति स्वतन्त्रतासंग प्रत्यक्ष सरोकार राख्ने विषय हो । ” सञ्चार विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पारेको भन्दै नेपाल पत्रकार महासंघ तथा पत्रकारका भ्रातृ संस्थाहरुले आन्दोलन गर्दै आएकाछन् । पत्रकारहरुको आन्दोलनलाई वेवास्ता गर्दै कुनै पनि हालतमा पास हुनेछ भनी सञ्चारमन्त्रीको अभिव्यक्तिलाई काउन्टर गर्दै नेता थापाले भन्नुभयो ,“ लेखेर अनि दिन गनेर राख्नुस् ,एक ,दुई ,तिन पास हुन दिन्नै । ” वर्तमान सरकार बहुमतको दम्भमा हराएको उहाँको आरोप छ । “बहुमतको पनि सिमा हुन्छ ,” उहाँले भन्नुभयो,“हरेक निर्णय बहुमतको आधारमा हुन्छ भन्ने मान्यता राख्नु भ्रम हो । ”
नेता थापाले विगत १० वर्षमा चेतनालाई गणतन्त्रात्मक वनाउन दलका नेताहरु चुकेको बताउनु भयो । उहाँले गणतन्त्र केवल शासनको स्वरुपको विषय मात्र नभएर एउटा चरित्र र चेतनाको बिषय भएको बताउनु भयो ।
आम नागरिकमा गणतन्त्र आए पछि पनि शासनको स्वरुप गणतन्त्रात्मक हुँदै गर्दा पनि शैली पुरानै भएकोमा तिब्र असन्तोष रहेको उहाँको भनाई थियो । थापाले भन्नुभयो “गणतन्त्र माथिनै प्रश्न उठेको अबस्था छ । यसलाई हामीले बदल्न सकेनौ भने स्वरुपले मात्रै गणतन्त्रलाई थेग्न सक्दैनौ ।” निर्वाचन पछि गणतन्त्र जति सुरक्षित होला संस्थागत होला भन्ने हामीले सोचेका थियौ उहाँले थप्नुभयो “पछिल्लो निर्वाचन पछि हाम्रो गणतन्त्र सुरक्षित होला ? भन्ने प्रश्न टट्कारो वनेर गएको छ । ”
वि. सं. २०६३ सालको आन्दोलन पश्चात कुनैपनि स्वरुपको राजसंस्था राख्ने गरिकन राजनैतिक समझदारी नभएको उहाँको भनाई थियो । थापाले यदि त्यस्तो सहमति भएको भए यो दश वर्षको लामो सकसपूर्ण सक्रमण पश्चात छाएको नैरास्यताको जगमा नेपालको सेरेमोनीयल राजसंस्थाले फेरी सक्रिय हुने आफ्नो महत्वकाङ्क्षालाई प्रकट गर्ने बताउनु भयो ।
थापाले सरकार संगै प्रतिपक्षको भूमिका पनि चित्तवुझ्दो वनाउन नसकेको स्विकार गर्दै गणतन्त्रको रक्षाका लागि काँग्रेस वलियो वनेर भूमिकामा परिवर्तन ल्याउनु पर्ने बतायनु भयो ।
निर्वाचनको समय पछि प्रारम्भमा निर्वाचनमा भएको पराजयको आक्रोस, लाल्छना, आरोप प्रत्यारोप सामान्य कुरा भएपनि अब आफु भित्रका कमजोरी सुधार्दै जनताको लागि सोच्ने बेला आएको उहाँले बताउनुभयो । कम्ययुनष्ट पार्टीले चलाएको सत्ता तिब्र गतिमा अनुदार वाद तर्फ गइरहेकाले जनताको संबैधानिक हक अधिकार सुनिश्चित गर्न कांग्रेस सुध्रिनुपर्ने उहाँले जोड दिनु भयो । उहाँले भन्नुभयो ,“ का“ग्रेस सुध्रियो भने वलियो क“ँग्रेस वन्छ र वलियो का“ग्रेस उभियो भने कम्यूनिजमको गलत वेग रोक्न सक्छ ।”