चितवनः नेपाली काँग्रेस चितवनले गणतन्त्र दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । काँग्रेसको नेतृत्वमा आएको गणतन्त्रको ११ वर्ष पुरा भएको उपलक्ष्यमा काँग्रेस चितवनले जनाएको छ । जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार गणतन्त्र दिवसको अवसरमा काँग्रेसले एक दिवसीय गणतन्त्रको एक दशक विषयक प्रबचन कार्यक्रम गर्न लागेको हो ।
काँग्रेस नेता नरहरी आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न हुन लागेको सो कार्यक्रममा गणतन्त्र स्थापना र अहिलेको अबस्थाका विषयमा चर्चा गरिने छ । उद्योग वाणीज्य संघ चितवनको सभाहलमा दिउँसो एक वजे सुरु हुने कार्यक्रमका लागि काँग्रेस नेता आचार्य चितवन आई पुग्नु भएको छ ।
प्रबचन कार्यक्रम अघि भरतपुरको होटल गाडेन रिसोटमा नेता आचार्यद्धारा लिखित गणतन्त्रको यात्रा नाम कृतिमाथि समिक्षा कार्यक्रममा गरिने छ । सो कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता गगन कुरा थापाले संम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस !