चितनवः राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरि वाँस्कोटाले निबृत्त राष्ट्रसेवक कर्मचारीहरुलाई उनीहरुको ज्ञान, सिप र अनुभवका आधारमा जिम्मेवारी दिनु पर्ने बताउनु भएको छ । सेवा निवृत्त राष्ट्रसेवक संघ चितवनले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले संम्बृद्ध नेपाल निर्माणका लागि निवृत्त कर्मचारीहरुलाई परिचालन गर्न पर्ने बताउनु भयो । निवृत्त कर्मचारीहरुले अवकास उमेर सम्म आउँदा जानेको ज्ञानको प्रयोग गरि समाज परिवर्तनमा सहयोग पुर्याउन सक्ने भएकाले उनीहरुको योगदान महत्वपूर्ण हुने उहाँको भनाई थियो ।
सेवा निवृत्त राष्ट्रसेवक संन्देश २०७६ को बिमोचन गर्दै उहाँले सेवा निवृत्तले अध्ययनमा जोड गरि ज्ञान लिएर समाज परिवर्तनमा लगाउनु पर्छ भन्नुभयो । पैसाले नभएर मानिस ज्ञानले धनि हुने भन्दै बाँस्कोटाले बाहाल वाला र निवृत्त कर्मचारीहरुको बिचमा को ठूलो भनेर बहश गर्नु मुर्खाता भएको बताउनु भयो । शारिरिक रुपमा काम गर्न नसक्ने भए पनि ज्ञानको प्रयोग गरेर सम्बृद्धि राष्ट्र निर्माणमा सहयोग गर्न निबृत्त कर्मचारीहरु तयार रहेको उहाँले बताउनु भयो ।
जे गर्दा पनि फाईदा खोज्न नहुने तर्क राख्दै उहाँले समाजमा कर्म रोप्ने अभ्यासमा जुट्न सुझाब दिनु भयो । सरकारले निवृत्त राष्ट्रसेवकलाई स्वंयम सेवकको रुपमा समेत प्रयोग गरेर बिज्ञताको सम्मान गर्नु पर्छ भन्नुभयो । सेवा निबृत्तलाई सरकारले उपचार गरिदिनु पर्ने, आवासिय सचिवालय वनाई दिनु पर्ने जस्ता धारणा वाँस्कोटाको थियो ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, पेशागत महासंघका केन्द्रिय सदस्य बिनोद मिश्र,पेशागत महासंघ चितवनका सचिब रामहरी ढकाल, संस्थापक अध्यक्ष विष्णु धिताल, स्मारीका प्रकाशन समितिका संयोजक सुर्यप्रकाश जमरकट्टेल, रमाकान्त सापकोटा लगाएतले बोल्नु भएको थियो ।
सो अवसरमा वाँस्कोटालाई बाहाल हुँदा र निबृत्त भई सके पछि राष्ट्र निर्माणमा सहयोग गरेको भन्दै संघले सम्मान गरेको थियो ।